हालै नगरपालिका घोषणा भएको बर्दियाको बाँसगढी उद्योग वाणिज्य संघले आयोजना गरेको मध्यपश्चिम औद्योगिक तथा कृषि महोत्सवमा कलाकारहरूको ठूलै जमघट थियो । गायिका इन्दिरा जोसी, गायकहरू प्रमोद खरेल, रामकृृष्ण ढकाल, लोकगायक नवीन पौडेल, पपगायक कमल खत्री, नायिका विनिता बराल, रिया चन्द, हस्यकलाकार धुर्मुसे (सीताराम कट्टेल) तथा सुन्तली (कुञ्जना घिमिरे) ले उक्त महोत्सवमा पर्याप्त मनोरञ्जन प्रदान गरेका थिए ।