साप्ताहिक संवाददाता
निकोलको डरलाग्दो कुरा
प्रदर्शोन्मुख चलचित्र पेडिंगटनका कारण हाल चर्चामा रहेकी हलिउड अभिनेत्री निकोल किडम्यानले आफ्ना केही गोप्य कुरा सार्वजनिक गर्दै सबैलाई चकित बनाएकी छिन् । निकोलका अनुसार उनी पहिले सर्पहरूका साथमा भोज गर्थिन् । निकोल आममानिसलाई डर लाग्ने सर्पका साथमा सप्ताहन्तको भोजमा रमाउँथिन् । त्यतिमात्र होइन्, अन्य जनावरका साथमा भोजमा सरिक हुनु निकोलको रुचिको विषय थियो । अचम्मको कुरा बाल्यवस्थामै उनीसँग पाल्तू लामखुट्टे पनि थिए । पछिल्ला दिनमा सर्पसँगको लगाव र पार्टी आयोजनलाई उनले स्थगित गरेकी छिन् । निकोलको तर्क छ, मेरा छोरा-छोरीहरू सर्पदेखि डराउँछन् । बाल्यावस्थादेखिको पशुपन्छी मोहकै कारण आफू उनीहरूसँग रमाउने निकोलको भनाइ छ ।
असहज जेनिफर
हलिउड नायिका जेनिफर एनिस्टनले महिला मित्रका साथमा टपलेस तस्बिर खिचाउन असहज लाग्ने कुरा बताएकी छिन् । हालै मात्र उनले निकटस्थ मित्र एवं हेयरस्टाइलिष्ट क्रिस म्याकमिलनका साथ एक म्यागजिनका लागि टपलेस फोटोसुट गराएकी थिइन् । जेनिफरले भनेकी छिन्- 'तर टपलेस फोटोसुट महिलाका साथमा गर्ने भन्ने कुरा सोच्नसम्म पनि सक्दिन् । महिला मित्रका साथमा टपलेस तस्बिर खिचाउँदा सहज महसुस हुँदैन ।' टेलिभिजन सो 'फ्रेन्ड्स' मा काम गरिसकेकी एनिस्टनले एलोर नामको म्यागजिनका लागि म्याकमिलनका साथ उक्त टपलेस फोटोसुट गराएकी हुन् ।
फ्रिडा आगासीको अभियानमा
ना यिका फ्रिडा पिन्टोले अमेरिकाका पूर्व टेनिस खेलाडी आन्द्रे आगासी तथा जर्मन टेनिस खेलाडी स्टेफी ग्राफको च्यारिटी फाउन्डेसनलाई सहयोग गर्दै आएको खुलासा भएको छ । उनी एक मात्र भारतिय अभिनेत्री हुन् जसले यो फाउन्डेसनको 'एन्युअल फन्ड रेजर टाइटल' तथा 'द फिफ्टिन ग्रान्डस्लाम फर चिल्डे्रन' मा सहभागिता जनाइसकेकी छिन् । उक्त च्यारिटी फाउन्डेसनले बालबालिकाको शिक्षाका निम्ति काम गर्दै आएको छ । ३० वर्षीया फ्रिडाले अंग्रेजी साहित्य, मनोविज्ञान तथा अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेकी छिन् । अध्ययनमा रुचि राख्ने फ्रिडा समाजसेवाका क्षेत्रमा पनि उत्तिकै अग्रसर हुन रुचाउँछिन् ।