साप्ताहिक संवाददाता
माघ १६, २०७१
लेडी गागा योगमा
पपस्टार लेडी गागा स्वस्थ एवं तन्दुरुस्त रहन आफ्ना खराब लतहरू छुटाउन चाहन्थिन् । वाइनको दह्रै लत बसेपछि त्यसबाट मुक्त हुन उनी अहिले योगको सहारा लिइरहेकी छिन् । इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै गागाले आफू योगतर्फ केन्दि्रत भएको सन्देश दिएकी छिन् । उक्त तस्बिरमा गायिका गागा योग सेसनमा योग गरिरहेकी देखिन्छिन् । सखारै ६ बजे योगका लागि उठ्ने गागाले आफ्नो दैनिकीलाई पनि व्यवस्थित गरेकी छिन् । पूर्वीय दर्शनको योगबाट प्रभावित गागाले आफूलाई योग सिकाउने फिटनेस टे्रनर टि्रसिया डोनेगनप्रति आभारसमेत प्रकट गरेकी छिन् ।