पूर्वाञ्चल कलेज प्रिन्सेसमा विभिन्न जिल्लाबाट २० जना किशोरी छनौट भएका छन् । गत शनिबार विराटनगरमा भएको अडिसनमा ५० जना किशोरीको सहभागिता थियो । अडिसनबाट छनौट भएका किशोरीहरू बन्द प्रशिक्षणमा रहनेछन् । माघको अन्तिम साता विराटनगरमा हुने फाइनलकी विजेताले मिस नेपालमा भाग लिन पाउनेछिन् ।