लुभु ललितपुरस्थित दाफा मंका ख:ल:ले विगत चार महिनादेखि सञ्चालन गरेको वाद्यवादन प्रशिक्षण गत बिहीबार (माघ ८ गते) सम्पन्न भएको छ । उक्त प्रशिक्षणमा ७२ जना युवायुवतीको सहभागिता थियो । ६ जना प्रशिक्षक न्हुच्छेलाल श्रेष्ठ, बाबुराम महर्जन, बाबुकाजी महर्जन, लक्ष्मण महर्जन, गोविन्द महर्जन र हरिगोपाल महर्जन संलग्न उक्त प्रशिक्षणअन्तर्गत सहभागीहरूलाई बाँसुरी, दाफा, ढोलक आदि परम्परागत वाद्ययन्त्र बजाउन तथा चलाउन सिकाइएको थियो । स्थानीय तथा परम्परागत शास्त्रीय बाजाहरूको प्रशिक्षण, प्रवर्द्धन एवं संरक्षणका लागि दाफा मंका ख:ल: वि.सं. २०१० देखि सक्रिय रहँदै आएको छ ।