- गौरव पहारी, नायक
मलाई त स-साना भाइबहिनीलाई पढाउन एकदमै मज्जा लाग्छ, सम्भवत: म तिनै बालबालिकाको 'टिचर' हुन्थें, अनि समाजसेवामा पनि उत्तिकै रुचि भएकाले त्यो क्षेत्रमा पनि हुने सम्भावना छ ।
- दुर्गा खरेल, गायिका
तपाईं जस्तै सञ्चारकर्मी भएर नेपालका चर्चित व्यक्तिहरूसँग यही प्रश्न गरिरहेको हुन्थंे कि ?
- वेनिशा हमाल, नायिका
युरोपको कुनै रेस्टुराँमा कि त सेफ हुन्थें कि मालिक हुन्थें, ठ्याक्कै यही हुन्थें भन्न सक्दिनँ ।
- नरेश पौडेल, निर्माता/निर्देशक
खै के गर्थे होला ? विवाह गरेर बच्चा खेलाउँदै बूढाको कपडा धोइरहेकी हुन्थें कि ? अनि बूढाको परिवार अलिक हाई लेभलको रहेछ भने बूढाको परिवारका हरेक सदस्य तथा आफन्तलाई आइस्यो, गइस्यो टाइपको गफ दिइराख्या हुन्थें ।
- ज्योति मगर, गायिका
बहुसंख्यक नेपाली श्रमजिवीझैं म पनि श्रम गरिरहेको हुन्थें, गेर्खे-खोलाको तीरमा गाई चराउँदै !
- नारद खतिवडा, हास्यकलाकार
सम्भवत: सल्यानमा बसेर राजनीति गरिरहेको हुन्थें ।
- ऋषि लामिछाने, निर्देशक
खै के खै के, सोच्नै सकिनँ, तनाव नै तनाव छ, के गर्थें-गर्थें ? फोटोग्राफी वा फेसन डिजाइनरको काम गर्थें कि ? तर टन्न पैसा कमाउन नेतागिरीमा पो लागेको हुन्थें कि ?
- मौसमी गुरुङ, गायिका
गायक नभएको भए आर्मीमा जागिर खान्थे होला, किनभने मलाई सानैदेखि आर्मी बन्ने इच्छा थियो । यदि त्यो इच्छा पूरा नभए झापामा संगीत सिकाएर बस्थे ।
- हिमाल सागर, गायक
अरू काम गर्या भए अहिले म नर्स भएर मानिसहरूलाई इन्जेक्सन लगाउँदै हुन्थें होला, अझ हेन्डसम केटाहरू बिरामी भएर आए भनेचाहिँ ड्युटी आवरभरि उनीहरूसँग अफेयर चलाउँथें, अनि केटी बिरामी आए भनेचाहिँ झर्को-फर्को गर्दै ड्युटी गर्थें होला ।
- निरु खड्का, कलाकार
उम्म्म्.... त्यस्तो अवस्थामा ..... मेरा म्युजिक भिडियोहरूमा अरूले अभिनय गर्थे अनि त्यो हेरेर 'मोरोले राम्रो काम पाएछ... लक्की रहेछ' भन्दै चुक-चुक गर्दै बस्थें होला ।
- विमलेश अधिकारी, नायक
अहिले गरिरहेको काम नगरेको भए सम्भवत: मेरो चलचित्र 'फागु-द कलर्स अफ लाइफ' को हिरो सुवास पराजुली र मेरी फागु शिल्पा पोखरेलसँग भेट्न पाउँदिनथेँ ।
- सम्झना उप्रेती रौनियार, निर्देशक
हाम्रो देशको अहिलेको स्थिति हेर्दा त विदेशमा भाँडा माझ्दै हुन्थें जस्तो लाग्छ । विदेशीहरूका लागि खाना पकाउँदै, उनीहरूकै देशको सेवा गर्दै गीत गुनगुनाइरहेको हुन्थें ।
- अराज केशव, गायक/निर्देशक
म त बैंकिङ सेक्टरमा हुन्थें, त्यो पनि धेरै राम्रो पोष्टमा ।
- सुनिल रावल, अभिनेता/निर्माता