साप्ताहिक संवाददाता
माघ २३, २०७१
योङ स्टार डान्स
नेपाल टेलिभिजन प्लसको नृत्यमा आधारित रियालिटी शो 'योङ स्टार डान्स' चौथो सिजनमा प्रवेश गरेको छ । सनसाइन मिडियाले निर्माण गरेको यो रियालिटी शोको नयाँ सिजन फागुन महिनाको पहिलो सातादेखि प्रसारण हुनेछ । प्रत्येक मंगलबार राति ९ बजेदेखि एक घण्टा प्रसारण हुने यो कार्यक्रमको नयाँ सिजनमा ६ वर्षदेखि १९ वष्र्ा सम्मका नृत्यांगनाहरूले अडिसन दिइरहेका छन् । कार्यक्रमका प्रस्तोता सरोज केसीका अनुसार शंखमुलस्थित फाइव मंकिजमा भैरहेको अडिसनका रमाइला दृश्यलाई समेत कार्यक्रमका क्रममा प्रसारण गरिनेछ । गायिका प्रमिला तामाङद्वारा निर्देशित यो रियालिटी शोका तीन जना विजेतालाई नगद पुरस्कारद्वारा पुरस्कृत हुनेछन् । चौथो सिजन १६ भागको हुनेछ । कोरियोग्राफरद्वय गम्भीर विष्ट तथा सागर केसी यो शोमा निर्णायकका रूपमा सहभागी छन् ।