धुर्मुसे : ६, ७, ८ ।
दाह्री बूढो : बाब्बा, पढाइमा त तगडा छ मेरो छोरो धुर्मु, अनि ७ पछि कति आउँछ भन त ?
धुर्मुसे : ८, ९, १० ।
दाह्री बुढो : बाफरे, अनि १० पछि नि ?
धुर्मुसे : गुलाम, मिस्सी र बास्सा ।
(दाह्री बुढो ठाउँको ठाउँ बेहोस)
तीन महिला नबोल्ने ब्रत लिएर पोखरीमा नुहाउन गएछन् ।
बाटोमा एउटी महिलाले स्याल देखेर अरूलाई भनिछ ।
पहिलो महिला : ऊ हेर त स्याल
अर्कि महिला : ला ! यो त बोली !
त्यो सुनेर अन्तिम महिलाले भनी- म त बोलेकी छैन ।
हजुरआमा : ओई शेरे, कति सुतेको ऊठ छिटो अनि मुख धुन जा
शेरे : यस्तो जाडोमा मर्नु छ कि क्या हो, मुख धोएर
हजुरआमा : तेरो उमेरमा त म दिनमा तीन चारपटक मुख धुन्थे
शेरे : त्यही भएर तपाईंको अनुहार चाउरी परेको त ?
(हजुरआमा ठहरै)
एक जना मानिस आफ्नो पर्स खेलाइरहेको थियो,
त्यही बेला अर्को एक जना आएर पेस्तोल देखाउँदै भन्यो ।
पहिलो व्यक्ति : ओ मिस्टर, त्यो पर्स ले नत्र !
दोस्रो व्यक्ति : नत्र के ?
पहिलो व्यक्ति : नत्र यो
पेस्तोलले ठोकिदिन्छु ।
दोस्रो व्यक्ति : होइन, लिनुस, हजुर लिनुस् ।
पहिलो व्यक्ति : हाहा ! मेरो पेस्तोलमा गोली नै छैन, त्यसै डरायो ।
दोस्रो व्यक्ति : हाहा मेरो पर्समा पनि पैसा नै छैन ।
०००
शेरेले भोगेको तीतो सत्य
जब म रुन्छु - मलाई देख्ने कोही हुँदैनन् ।
जब म दु:खी हुन्छु - त्यहाँ पनि मलाई देख्ने कोही हुँदैनन् ।
जब म खुसीले हाँस्छु - फेरि पनि मलाई देख्ने कोही हुँदैनन् ।
तर कुनै दिन मुस्किलले एउटी केटी पट्याएर डेटिङमा गए भने
सबै छिमेकी र गाउँलेहरूले देख्छन् ।
छोरा : बुबा, मैले एउटी केटी मन परा'को छु ।
ब्ााउ : कल्लाई मन पराइस् ?
छोरा : रीता आन्टीकी छोरीलाई ।
बाउ : ओहो.. नो नो, त्यो त तेरी बहिनी पर्छे, तर तेरी
आमालाई नभन्नु नि ।
अर्को दिन
छोरा : बुबा, आज मैले अर्की केटी मन पराएँ ।
बाउ : कल्लाई ?
छोरा : टिना आन्टीकी छोरीलाई
बाउ : ओहो ! नो नो, त्यो पनि तेरी बहिनी पर्छे, तर यो कुुरा तेरी आमालाई नभन् है ।
बाउले हरेक पटक त्यसो भनेपछि छोरो चाहिलाई लास्टै रिस उठेछ अनि आमालाई
भनिदिएछ ।
छोरा : आमा, मैले जुन केटीलाई मन पराए पनि बाउले उसकी छोरी हो, तेरो बहिनी पर्छे भन्छन् ।
आमा : मेरो छोरा, तँ जल्लाई मन पराउँछस् त्यसैसँग बिहे गर्, उसको टेन्सन न लि है, त्यो तेरो बाउ नै होइन ।
(छोरो ठाउँको ठाउँ बेहोस)
तक्मेले आफ्नो छोरालाई डाक्टर पढ्न अमेरिका पठाएछ । तक्मेको छोराले चाहिँ अमेरिकामा डान्स सिकेछ । चार वर्षपछि छोरो घर आएछ । एकदिन एक महिलाले बच्चा पाउन सकिरहेकी थिइनन्, सबै गाउँले मिलेर अस्पताल लाने सल्लाह गर्दै रहेछन् । त्यत्तिकैमा तक्मेले भनेछ- 'हाउ नानीहरू के भा'को, नाइन्टिन फोन्टिनदेखिको इमान, इजित र पेस्टिज भा'को, छातीभोरि तक्मा ला'को, म तक्मेको आफ्नै खुदको निजी छोरो रुद्रेले चार-चार वर्षको डाक्डरी सकेर आ'को छ, केको चिन्ता नि ?'
अनि गाउँलेले रुद्रेलाई खोजेर ल्याएछन् । रुद्रेले नि डाक्टर झैं सबैलाई कोठा बाहिर खेदाएछ, ढोका बन्द गरेछ र आइमाइको छेउमा बसेछ र भट्याक भट्याक गर्न थालेछ । यत्तिकैमा उसलाई एउटा जुक्ति फुरेछ । अनि ती महिलाको शरीरको छेउमा गएर गोजीबाट चक्लेट निकालेछ र चकलेट देखाउँदै भनेछ- 'आ भतिज आ, अमेरिकाको चक्लेट खा !' रुद्रेको हर्कत देखेर ती महिला जोड-जोडसँग हाँस्न थालिछन्, बच्चा त फुत्तै बाहिर निस्किएछ । (सक्किगो नि)