माघ २३, २०७१
कुनै बेला राजा महेन्द्र बाँके र बर्दियाको भ्रमणमा आउँदा नेपालगन्जका पहलमानहरूको 'दङगल' नजर हुन्थ्यो, कुस्ती संघ बाँकेका महासचिव मुमताज अलि इदि्रसी बताउँछन् । त्यतिबेला बाँकेमा दुईवटा कुस्ती अखडा थिए । त्यहाँ पहलमानहरू कुस्ती खेल्थे । इदि्रसीका बाबु पनि कुस्ती खेलाडी थिए । त्यतिबेला राजाहरूको भ्रमणका बेला मेरा बुबा पनि कुस्ती खेल्नुहुन्थ्यो, -इदि्रसीले बताए ।
परम्परागत कुस्ती लोप हुने अवस्थामा पुगेकाले नै नवलपरासीका दाजुभाइ वसन्त र पारस थापा यतिबेला आधुनिक कुस्तीमा लाग्नुपरेको बताउँछन् । कुनै बेला तराईका गाउँ-गाउँमा अखाडा बनाएर कुस्ती खेलिन्थ्यो । वसन्त भन्छन्- सरकारले कुस्तीलाई प्रोत्साहित गरे अझै पनि यो खेलको लोकप्रियता जोगाउन सकिन्छ ।