साप्ताहिक संवाददाता
माघ २३, २०७१
भोटरले आफ्नो टप टेन चयन गर्नुपर्ने प्रावधान छ । आस्थालाई टाइम्स मोस्ट डिजाइरेबल वुमन-२०१४ को टप टेन भित्र पार्न तथा भोटिङ प्रक्रियाका सम्बन्धमा बुझ्न http://ww.itimes.com/times-polls/times-most-desirable-women-2014 मा लग-इन गर्न सकिन्छ । टाइम्सले सार्वजनिक गरेको टप फिफ्टीको सूचीमा आस्थासहित नेपाली मूलकी भारतीय अभिनेत्री गीताञ्जली थापा पनि छिन् । टाइम्स मोस्ट डिजाइरेबल वुमन-२०१३ की विजेता अभिनेत्री दीपिका पादुकोणसहित टप फिफ्टीभित्र सोनम कपुर, सनी लियोन, कटि्रना कैफ, श्रद्धा कपूर, अनुष्का शर्मा, आलिया भट्ट, प्रियंका चोपडा, सर्लिन चोपडा आदि बलिउड अभिनेत्रीसमेत छन् ।