भोलि प्रणय दिवस, विशेष गरी युवाहरूका निम्ति महत्त्व राख्ने पर्व । अहिलेको चासो भनेकै भ्यालेन्टाइन डि्रम गर्ल/ब्वाय कस्तो हुनुपर्छ भन्ने नै हो ? खल्तीमा रातो गुलाफ बोकेर मन पराएको व्यक्तिलाई दिँदै प्रेम अभिव्यक्त गर्ने खुला अवसर ।
छैटौं संस्करणमा पनि अहिलेको पुस्ताले कल्पना गर्न सक्ने त्यस्तै भ्यालेन्टाइन डि्रम गर्ल/ब्वाईको सूची हामीले तयार गरेका छौं । डि्रम भ्यालेन्टाइन ब्वाइ/गर्ल कस्तो हुनुपर्छ भन्ने विषयमा फरक व्यक्तिका फरक मत हुन सक्छन् । प्रेमी/प्रेमिका, श्रीमान्/श्रीमतीको दायराभन्दा बाहिर रहेर सोच्दा कल्पनाको त्यो पुरुष वा महिला को जस्तो हुनुपर्ला त ? इन्दिरा जोशी वा अकेशा विष्ट जस्तो अथवा पारस खड्का वा अनमोल केसी जस्तो ?
आकर्षक १० व्यक्ति (पुरुष-महिला) को यो सूचीमा फरक क्षेत्रका फरक व्यक्तित्व समेटिएका छन्, त्यसैले डि्रम भ्यालेन्टाइनको खोजीमा यी व्यक्तित्वहरू प्रतिनिधि पात्र हुन सक्छन् । छैंटौ संस्करणको आकर्षक १० व्यक्ति (पुरुष-महिला) यो वर्ष पनि विगतमा झैं विभिन्न क्षेत्रमा कार्यरत ३४ जना -१७ पुरुष-१७ महिला) व्यक्तिले दिएको मतका आधारमा उत्कृष्ट १० आकर्षक महिला-पुरुष प्रस्तुत गरिएको हो । नेपाली समाजमा भिन्न परिचय बनाएका व्यक्तित्वहरूले उनीहरूलाई मत दिएका थिए । आकर्षक शारीरिक व्यक्तित्व सर्वेक्षणको मुख्य आधार भए पनि सर्वेक्षणमा सहभागी सबैले चर्चित व्यक्तित्वका विभिन्न आयामले आफूलाई आकषिर्त गरेको तर्क दिएका थिए । पहिलो संस्करणमा महिलातर्फ सपना मल्ल प्रधान र पुरुषतर्फ राजेश हमाल र गगन थापा सर्वाधिक आकर्षक पुरुष छनौट भएको समयबाट छैटौं संस्करणसम्म आइपुग्दा थुप्रै नयाँ अनुहार नेपाली समाजमा आकर्षक छवि बनाउन सफल भैसकेका छन् ।
साप्ताहिकको सर्वेक्षणकै आधारमा आकर्षक १० पुरुष वा महिला उनीहरू नै हुन् भन्ने होइन, तर यी नामहरू नेपाली समाजमा आकर्षक छविका रूपमा चर्चित छन् भन्ने कुरामा कुनै सन्देह छैन । सर्वेक्षणमा सहभागी सबैले आकर्षक व्यक्तित्व एवं पेसागत प्रतिनिधित्वका आधारमा उत्कृष्ट १० व्यक्तिको नाम सिफारिश गरेका थिए, जसमा सबैभन्दा बढी मत प्राप्त गर्ने २० जनालाई यो सूचीमा समेटिएको छ ।
सर्वेक्षणका क्रममा महिलाहरूलाई १० आकर्षक पुरुषको नाम दिन भनिएको थियो भने पुरुषहरूबाट १० आकर्षक महिलाको नाम मागिएको थियो । सर्वेक्षणका क्रममा आकर्षक पुरुष व्यक्तित्वका रूपमा पहिलो स्थानमा रहेका पारस खड्काले यो वर्ष पनि आफूलाई पहिलो स्थानमा राख्दै ह्याटि्रक गर्न सफल भएका छन् । तीन वर्ष लगातार पहिलो स्थानमा रहेका पारस आम नेपालीका आकर्षणका केन्द्र हुन् । उनले नेपाली क्रिकेटलाई विश्वकपसम्म डोर्याए, एउटा गतिलो रंगशाला समेत नभएको देशको क्रिकेट टिमलाई सबल नेतृत्व प्रदान गरे, त्यसो त शारीरिक रूपमा पनि पारससँग आकर्षक व्यक्तित्व छ । यिनै कारणले चलचित्र, टेलिभिजन वा संगीतका सेलिब्रेटीहरूभन्दा पारस लोकप्रिय देखिएका छन् ।
आकर्षक पुरुषका रूपमा पहिलो पटक यो सूचीमा समावेश हुँदै अनमोल केसीले दोस्रो स्थान प्राप्त गरेका छन् । जेरीका यी नायकको चकलेटी लुक्सले अहिले बजार पिटेको छ भन्ने कुरा यसले पनि पुष्टि गर्छ । केसीद्वारा अभिनीत जेरीले सफल व्यापार त गर्यो नै, स्वयं अनमोलको करियरलाई पनि गतिशील बनायो । गत वर्ष पारस खड्कासँगै पहिलो स्थानमा रहेका युवा नेता गगन थापा यसपटक तेस्रो स्थानमा पुगे । पहिलो संस्करणमा पनि गगन पहिलो स्थानमा थिए । आगामी दिनमा संविधान बनाउने र मुलुकलाई समृद्ध बनाउने नेताका रूपमा गगनलाई आशाको किरण मानेर भोट दिएको अधिकांश सहभागीले बताएका छन् ।
मंगोलियन लुक्सका अभिनेता दयाहाङ राई पछिल्ला दिनमा कति लोकप्रिय हुँदै गएका छन् भन्ने कुरा उनले चौथो स्थान सुरक्षित गर्नुले प्रस्ट पार्छ । नवप्रवेशी दयाहाङको प्रतिभाले सबैको मन जित्दै गएको छ ।
पाँचौं नम्बरमा पनि नवप्रवेशी फुटबलर अनिल गुरुङ देखा परेका छन् । नेपालका सर्वाधिक महँगा यी फुटबलरले यो वर्ष प्लेयर अफ दि इयरको उपाधि पनि चुमेका थिए । फुटबल खेल्ने उत्कृष्ट कलाका अतिरिक्त आकर्षक शारीरिक सौन्दर्यका कारण पनि अनिल अहिले चर्चामा छन् । नवप्रवेशीहरूको संख्या बढेको यसपटकको सर्वेक्षणमा गत वर्ष टप टेनबाट बाहिरिएका सुरजसिंह ठकुरीले पुनरागमन गरे । छैंटौं स्थानमा रहेका सुरज यो वर्ष चलचित्र अभिनयमा सक्रिय रहेका कारण पनि आकर्षक पुरुषको सूचीमा धेरैको रोजाइमा परे ।
सातौं स्थानमा नायक राजेश हमाल देखा परे । सदावहार आकर्षक छविका कारण उत्कृष्ट १० भित्र उनलाई समेट्नुपर्छ भन्ने मान्यता सर्वेक्षणमा सहभागीहरूको थियो । २०६८, २०६९ र २०७० मा लगातार तेस्रो स्थानमा रहेका राजेश हमालको स्थान यो वर्ष केही खस्किएको छ । आठौं स्थानमा नवप्रवेशी अनुपविक्रम शाहीले कब्जा गरेका छन् । म्यानहन्ट अनुपले चलचित्र हँसियामा गरेको कामबाट प्रशंसा कमाएका थिए ।
१७ वर्षीय किशोर फुटबलर विमल घर्तीमगर नवौं स्थानमा देखा परे । गत वर्ष दोस्रो स्थानमा रहेका विमल यो वर्ष पनि उत्कृष्ट १० भित्र अटाए । दसौं स्थान पनि नवप्रवेशीकै नाममा रह्यो । उक्त स्थानमा व्यवसायी दिकेश मलहोत्रा पहिलो पटक परे । आकर्षक व्यक्तित्व दिकेशको सबल पक्ष हो, जसले धेरैलाई आकषिर्त गर्छ ।
आकर्षक महिलाको खोजीमा पनि सहभागी पुरुषहरूले केही नयाँ तथा पुराना नामहरू लिए । सर्वाधिक आकर्षक महिलाका रूपमा गायिका इन्दिरा जोशीले पहिलो स्थान प्राप्त गरिन् । इन्दिरा २०६९ को चौथो संस्करणमा पनि पहिलो स्थानमा थिइन् । गत वर्ष इन्दिरा पाँचौं स्थानमा थिइन् । दोस्रो स्थानमा यो वर्ष अनपेक्षित रूपमा अकेशा विष्ट देखा परेकी छिन् । गत वर्ष आठौं स्थानमा रहेकी अकेशा यो वर्ष दोस्रो स्थानमा पुगेकी हुन् ।
गत वर्ष पहिलो स्थानमा रहेकी प्रियंका कार्की यसपटक तेस्रो स्थानमा आइन् । र्याम्पदेखि पर्दासम्म उत्कृष्ट पर्फमेन्स दिन सफल नायिका प्रियंकालाई धेरैले भ्यालेन्टाइन डि्रम गर्लका रूपमा पनि रोजेका थिए । २०६९ को चौथो संस्करणमा प्रियंका दोस्रो स्थानमा थिइन् ।
चौथो स्थान सदावहार नायिका करिश्मा मानन्धरले कब्जा गरिन् । दोस्रो संस्करणमा पहिलो स्थानमा रहेकी करिश्मा पहिलो र तेस्रो संस्करणमा आठौं स्थानमा थिइन् । २०६९ को चौथो संस्करणमा उनी यो सूचीबाट बाहिरिए पनि गत वर्ष छैंटौं स्थानमा पुन प्रवेश गरेकी थिइन् । यस्तै पाँचौ स्थानमा नम्रता श्रेष्ठ आइन् । गतवर्ष उनी चौथो स्थानमा थिइन् । पहिलो र दोस्रो संस्करणमा पाँचौ र छैटौं स्थानमा रहेकी नम्रता गत वर्ष पुनरागमन गर्दै चौथो स्थानमा परेकी थिइन् ।
गत वर्ष दोस्रो स्थानमा रहेकी नायिका केकी अधिकारी यो वर्ष छैंटौ स्थानमा पुगिन् । सातौं स्थान नवप्रवेशीका रूपमा मिस नेपाल-२०१४ सुविन लिम्बूले कब्जा गरिन् । गत वर्ष दोस्रो स्थानमा र २०६९ मा पाँचौं स्थानमा रहेकी नायिका रिमा विश्वकर्मा यो वर्ष आठौं स्थानमा छिन् ।
नवौं स्थानमा नवप्रवेशीका रूपमा नयाँ नायिका सञ्चिता लुइँटेल प्रवेश गरेकी छिन् । दसौं स्थानमा पनि नवप्रवेशी आस्था पोखरेल देखा परिन् । भारतको किंगफिसर क्यालेन्डर गर्ल आस्था अन्तर्राष्ट्रिय स्तरकी नेपाली मोडल हुन् ।
१. पारस खड्का
यो वर्ष नेपालमा दुई पिके खुबै चले । एउटा पिके आमिर खानको थियो भने अर्को पिके नेपाली क्रिकेटको थियो । पिके अर्थात् पारस खड्का, जसले ट्वान्टी-२० क्रिकेट विश्वकपदेखि डिभिजन २ सम्म उत्कृष्ट खेल प्रस्तुत गर्दै नेपाल र नेपालीको मन जिते । क्रिकेट टिममा आधारित खेल हो, पारसलाई सफलता दिलाउन उनको टिमका हरेक सदस्यको उत्तिकै भूमिका छ यद्यपि पारसको कुशल नेतृत्व पनि नेपालको सफलतामा महत्त्वपूर्ण कारक बन्यो । नेपाली चलचित्रको हिरो हुनुपर्ने मानिस क्रिकेटको हिरो भयो, एक समीक्षकले उनीमाथि गरेको टिप्पणी थियो । पारस आकर्षक त छँदैछन्, स्पष्ट बोल्ने शैलीले उनको व्यक्तित्वलाई थप उजिल्याएको छ । नेपाली क्रिकेटका धरोहर खड्काको लोभलाग्दो व्यक्तित्वमा हुरुक्क हुनेहरू थुप्रै छन् ।
२.अनमोल केसी
चलचित्रको नाम थियो- जेरी, जेरीलाई जसरी जेरी पारखीहरूले मन पराउँछन्, त्यसरी नै चलचित्रका पारखीहरूले चलचित्र जेरीलाई मन पराइदिए अनि त्यसको मुख्य नायकका रूपमा उदाए अनमोल । अभिनेता भुवन केसीका सुपुत्र अनमोल यसअघि नै चलचित्रमा नायकका रूपमा प्रवेश गरिसकेका थिए, तर जेरी चाहिँ उनका लागि 'टर्निङ प्वाइन्ट' सावित भयो । अहिलेका युवतीहरूका लागि 'डि्रम ब्वाय' भएका छन्- अनमोल । अनमोलको तस्बिर अंकित टि-सर्ट लगाएर हिँड्ने युवतीहरू पनि सहरमा देखिन्छन् । जेरी हेरेपछि म त अनमोलको डाइहार्ट फ्यान भएँ, एक समीक्षकले भनिन् । अनमोलको चकलेटी लुक्सलाई अबका दिनमा नेपाली चलचित्र उद्योगले राम्रैसँग सदुपयोग गर्नेछ । केसी नेक्स्ट जेनेरेसन हिरोका रूपमा उदाएका छन् ।
३. गगन थापा
अहिलेका नेताहरूमध्ये धेरैका लागि आशाको प्रतिमूर्ति हुन-् गगन । प्रस्ट विचार, वाकपटुता एवं आकर्षक अर्थात् ओजपूर्ण व्यक्तित्व छ गगन थापाको । संविधानसभामा सम्भवत: सबैको ध्यान खिच्न सफल गगनले आफ्नो पार्टीका मात्र होइन, अन्य पार्टीका शुभेच्छुकहरूको पनि मन जितेका छन् । काठमाडौंमा जन्मिएका गगन नेविसंघको महामन्त्री भएपछि उनको राजनैतिक करियरले चर्चा पाउन थालेको थियो । युवापुस्तामा सबैभन्दा लोकप्रिय नेता गगन थापा नै हुन् भन्दा फरक पर्दैन । उनी सत्ताराजनीतिमा आए मुलुक समृद्धिको बाटोमा जान सक्ने अपेक्षा जनमानसमा छ । गगनको आफ्नै किसिमको शारीरिक सुन्दरताले पनिउनको व्यक्तित्वलाई थप उचाई मिलेको छ ।
४. दयाहाङ राई
चलचित्र लुटका 'गोफ्ले' अर्थात् दयाहाङले ठूलो पर्दाको यात्रामा यति राम्रो प्रगति गर्लान् भन्ने उनकै समकक्षीहरूले पनि सोचेका थिएनन् । लुटको गोप्लेको ट्याग हटाउन उनलाई गार्हो पर्छ भन्नेहरू पनि थिए । यद्यपि ती सबै कुरालाई गलत सावित गर्दै दयाहाङले आफ्नो अभिनयको बहुआयामिक पक्षलाई पुष्टि गरिदिए । लुटपछि झोले, कबड्डी, टलकजंग भर्सेज टुल्के आदि चलचित्रमा फरक-फरक भूमिकामा देखा परेका राई धेरैका निम्ति आकर्षक पुरुषमा दरिए । दयाहाङको आफ्नै स्टाइल छ, उनी मेरा निम्ति आकर्षक पुरुष हुन्, उनका बारेमा एक समीक्षकको प्रतिक्रिया थियो ।
५. अनिल गुरूङ
यो वर्ष एनसेल प्लेयर अफ दि इयरको उपाधि जितेका फुटबलर अनिल नेपाली राष्ट्रिय टिमका उत्कृष्ट स्ट्राइकर हुन् । फुटवल मन पराउने अधिकांश नेपालीका आकर्षक हिरो पनि हुन्- अनिल । अनिलको फुटबल खेल्ने स्टाइलको त म फ्यान हो नै, साथै उनको आकर्षक सुगठित शारीरिक सौन्दर्यको पनि फ्यान हुँ, एक समीक्षकले बताइन् । अनिलको स्माइल मन पराउनेहरू पनि उत्तिकै छन् । बेलायतको चेल्सी रिजर्भ र वोकिङ क्लबका लागि ट्रायल खेलेका अनिल भारतको सिलोङ लाजोङ क्लबमा ३ वर्षका लागि ६३ लाख रुपैयाँमा अनुबन्धित भएका थिए । नेपाली लिगमा मनाङमस्र्याङ्दी क्लबबाट खेल्ने यी फुटबलर सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् ।
६. सुरजसिंह ठकुरी
कल कान्तिपुरका 'रियल-हिरो' सुरज भिजे टर्न हिरोको करियरमा स्थापित होलान् भन्ने कमैले सोचेका थिए । कल कान्तिपुरबाट रिटायर्ड भएपछि फरक किसिमका कार्यक्रममा देखिएका सुरज केही समयअघि प्रदर्शित नाइँ नभन्नु ल-२ बाट फिल्मी हिरोका रूपमा स्थापित भए । भिजे, विज्ञापन र म्युजिक भिडियोका मोडल ठकुरीलाई दर्शकले अभिनेताका रूपमा हार्दिकताका साथ स्वीकार गरे । यसले उनको फ्यान फलोइङ निक्कै बढाएको छ । एक समीक्षकले दाविका साथ भनिन्- 'उनी आकर्षक छन्, त्यसैले उनलाई हरेक किसिमको भूमिका सुहाउँछ ।' वातावरण विज्ञानमा स्नातकोत्तर सुरज हाल कान्तिपुर टेलिभिजनमा परिवर्तन शिर्षकको कार्यक्रम निर्माण एवं प्रस्तुत गर्छन् ।
७. राजेश हमाल
बौद्धिक छविका नायक राजेश आफैंमा रहस्यमय लाग्छन् । पृथक् जीवनशैली रुचाउने यी नायकका पछिल्ला चलचित्र त्यति सफल नभए पनि दर्शकमाझ उनको ओजपूर्ण व्यक्तित्व बिकिरहेकै छ । लगातार २५ वर्षभन्दा बढी नेपाली चलचित्र उद्योगमा आफ्नो टाउको बिकाइराख्न सफल एकमात्र नायक हुन्- राजेश हमाल । नेपाली चलचित्र हेर्ने र नहेर्ने सबैमाझ उनको व्यक्तित्व लोकप्रिय मानिन्छ । राजेश हमाल नै किन भन्ने प्रश्नको उत्तर एकलाइनमा बताउन सकिँदैन, एक समीक्षकले भनिन्- 'उनी रोल मोडल हुन्, उनलाई मजस्तै लाखौंले डि्रम ब्याय मानेका छन् ।'
८. अनुपविक्रम शाही
म्यानहन्ट इन्टरनेसनल नेपालको उपाधि जितेका २८ वर्षीय अनुपविक्रम अहिलेका युवतीहरूका डि्रम ब्वाय हुन् । अनुपको आकर्षक शारीरिक सौन्दर्यबाट मोहित हुनेहरू थुप्रै छन् । म्यानहन्टबाट मोडलका रूपमा स्थापित अनुप यतिबेला चलचित्र उद्योगमा करिअर खोज्दैछन् । शाही अभिनीत चलचित्र हाउ फन्नी प्रदर्शोन्मुख छ । यसअघि नै अनुपद्वारा अभिनीत चलचित्र सौर्य र हँसिया प्रदर्शन भैसकेका छन् । चलचित्र हँसियाको नेगेटिभ भूमिकामा उनले पर्याप्त प्रशंसा पाएका थिए ।
९. विमल घर्तीमगर
विमल राम्रा फुटबलर त हुँदै हुन्, उत्तिकै धेरै फ्यान फलोअर भएका सेलिब्रेटी पनि भैसकेका छन् । किशोरवयका यी खेलाडीलाई आकर्षक पुरुषको सूचीमा राख्ने क्रममा एक समीक्षकले भनिन्- 'मेरा लागि यो देशको एउटै मात्र हिरो विमल हो ।' साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा अन्तिमसमयसम्म पनि १ गोलले पछि परेको अवस्थामा अतिरिक्त समयमा गोलगर्दै विमल घर्ती मगरले नेपालको हार टारे । त्यसपछि उनी एकाएक चर्चामा आए । नवलपरासीका विमलले २० सेप्टेम्बर २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए । त्यतिबेला ४५ मिनेट मैदानमा बिताएका विमलले नेपाली राष्ट्रिय टिममा डेब्यु गर्दा उनको उमेर १५ वर्ष दुई दिन मात्र थियो ।
१०.दिकेश मल्होत्रा
युवा उद्यमीका रूपमा आफूलाई स्थापित गर्ने क्रममा छन्- दिकेश । 'टल फिगर एन्ड अट्रयाक्टिभ गेटअप' दिकेशको विशेषता हो । सामसङको नेपालस्थित अधिकृत विक्रेता इन्टिग्रेटेड मोबिलिटी सलुसन्स (आईएमएस) का अध्यक्ष दिकेश नेपाली ग्ल्याम क्षेत्रसँग पनि जोडिन पुगेका छन् । सञ्चारक्षेत्रमा उनको परिचय पूर्व मिस नेपाल जेनिशा तामाङका ब्वायफ्रेन्डका रूपमा पनि सार्वजनिक भएको थियो । दिकेशलाई म्युजिक भिडियो तथा चलचित्रमा अभिनयका लागि थुप्रै प्रस्ताव आए पनि व्यवसायमा केन्दि्रत भएकाले उनले त्यसतर्फ ध्यान दिएनन्, तर उनले केही उत्पादनका लागि मोडलिङ भने गरेका छन् । एक समीक्षकले भनिन्- 'उनी कम बोल्छन्, तर आकर्षक गेटअपले धेरैलाई उनीतर्फ आकषिर्त गर्छ ।'
जो पुरुषमा उल्लेख्य रहे
विगतका ४ संस्करणमा उत्कृष्ट १० भित्र पर्न सफल चर्चित टेलिभिजनकर्मी भूषण दाहाल थोरै अन्तरले मात्र यो वर्ष टपटेनबाट बाहिरिए । यो वर्ष ११ औं स्थानमा रहेका भूषण गत वर्ष चौथो स्थानमा थिए । मेगा बैंकका प्रमुख कार्यकारी अनिल शाह, स्टाइलिष्ट पप सिंगर निमा रुम्बा तथा अभिनेता सौगात मल्ल पनि टपटेनको नजिक पुगेर बाहिरिए । निमा र अनिल गत वर्ष पनि टप टेनमा थिएनन् भने सौगात गत वर्ष नवौं स्थानमा थिए । नायक जीवन लुइँटेल पनि यो वर्ष टपटेनमा परेनन् । गतवर्ष छैटौं स्थानमा रहेका जीवन यो वर्ष रोजाइका नायक बन्दा बन्दै पनि छुटे । नायक आर्यन सिग्देल पनि यो वर्ष टपटेनमा परेनन्, गत वर्ष उनी दसौं स्थानमा थिए । लगभग सबै संस्करणमा आकर्षक १० भित्र अटाएका मोडल/कोरियोग्राफर प्रशान्त ताम्राकार यसपटक बाहिरिए । सौरभ ज्योति गत वर्ष छैटौं स्थानमा थिए, तर यसपटक उनी बाहिरिए । गत वर्ष दसौं स्थानमा रहेका हरिवंश आचार्य, आठौं स्थानमा रहेका अनुप बराल, दुवै जना यसपटक बाहिरिएका छन् । भिजे सुरज गिरी गत वर्ष सातौं स्थानमा थिए भने यसपटक उनी टपटेनमा पनि परेनन् । आकर्षक पुरुषका रूपमा अमृत गुरुङ, निर्वाण चौधरी, शेखर गोल्छा, सुहृद ज्योतिलाई पनि सहभागीहरूले प्रसस्त मत दिएका थिए । राजेश पायल राई, विल्सनविक्रम राई, सुगम पोखरेल, रमेश खरेल, पशुपति शर्मा, रविन शर्मा, नरेन लिम्बू, निश्चल बस्नेत, सिद्धार्थ गुरुङ तथा प्रबल गुरुङले आकर्षक पुरुषका रूपमा उल्लेख्य मत पाएर पनि उत्कृष्ट १० भित्र स्थान बनाउन सकेनन् ।
कसले के भने ?
क्रिकेटर सोमपाल कामीले आकर्षक महिलाको सूचीको पहिलो नम्बरमै मिस नेपाल सुविन लिम्बूलाई सम्झिए । 'मैले उहाँसँग भेट्न त पाएको छैन, तस्बिरमा मात्र देखेको छु,' सोमपालले भने- 'तर म उनलाई एकदमै राम्री देख्छु, ग्लामर इन्डस्ट्रीमा उहाँको थप सक्रियता चाहन्छु ।' अभिनेता दयाहाङ राई, चलचित्र निर्माता एवं क्युज सिनेमा घरका सञ्चालक सुमित मैनाली, कवि उपेन्द्र सुब्बाले पनि सुविनलाई प्राथमिकताका साथ आकर्षक महिलाको सूचीमा राखे । फुटबलर अनिल गुरुङले आफू करिश्मा मानन्धरको बिग फ्यान भएको बताए भने उनले नायिका प्रियंका कार्कीको सुन्दरताको पनि प्रशंसा गरे ।
साहित्यकार उपेन्द्र सुब्बाले पूर्वराजपरिवारको सदस्य भएर पनि सन्तुलित रूपमा समाजसेवामा सक्रिय हिमानी शाहलाई उत्कृष्ट महिलाका रूपमा सम्झिएका थिए । कवि सुब्बाले नम्रता श्रेष्ठ, केकी अधिकारी र प्रियंका कार्कीको नाम लिँदै उनीहरूको सौन्दर्य एवं प्रतिभाको पनि चर्चा गरे ।
गायक भीषण मुकारुङले आकर्षक महिलाको नाम लिने क्रममा अकेशा विष्टलाई सम्झँदै करिश्माको सुन्दरताको खुलेर प्रशंसा गरे । करिश्मामा भएको सौन्दर्य चेतना अनुकरणीय भएको बताउँदै भीषणले इन्दिरा जोशी, प्रियंका कार्की, रेखा थापा, अन्जु पन्त, सुष्मा कार्की आदिलाई पनि आकर्षक महिलाका रूपमा सम्झिए ।
हास्यकलाकार कुमार कट्टेल 'जिग्री ब्रो' ले पछिल्लो पुस्ताकी मोडल आस्था पोखरेलको लोभलाग्दो सफलतामा गर्व गर्नुपर्ने बताए । कुमारको छनौटमा झरना बज्राचार्य, रविना देशराज श्रेष्ठ, वषर्ा शिवाकोटी तथा आस्था राउत पनि थिए ।
डिजे गणेशले करिश्मा मानन्धर पछि अशिश्मा नकर्मी, अकेशा विष्ट, सञ्चिता लुइँटेल, माला लिम्बू, वषर्ा राउत, प्रियंका कार्की आदिलाई पनि आकर्षक नारीका रूपमा लिएका थिए । यस्तै कोरियोग्राफर युगल पोमोले आस्था पोखरेल र अकेशा विष्टलाई अहिलेका हट मोडल बताउँदै सृष्टि श्रेष्ठको व्यक्तित्व दुर्लभ अर्थात् युनिक भएको बताए ।
गीतकार सुदीपकुमार रेग्मीले पछिल्लो पुस्ताकी नायिका केकी अधिकारीको स्क्रिन फेस अत्यन्तै आकर्षक भएको बताउँदै रिमा विश्वकर्माको स्माइली लुक्सको पनि प्रशंसा गरे । उनले माल्भिका सुब्बा अहिलेसम्मकै आकर्षक मिस नेपाल भएको बताए ।
'इन्दिरामा अपिलिङ पर्सनालिटी छ,' सञ्चारकर्मी एवं समाचारवाचक रुपेश श्रेष्ठले भने- 'उनको आकर्षक जीउडालबाट म प्रभावित छु ।' इन्दिरा गायिका भैकन पनि नृत्य, मोडलिङलगायतमा अब्बल रहेको रुपेशले बताए । नम्रता श्रेष्ठको फाइट ब्याक नेचरबाट पनि आफू प्रभावित भएको रुपेशले बताए । क्यामेराम्यान हरि हुमागाईंले पनि नम्रताको सुन्दरताको बयान गरे । हरिले अकेशा विष्ट, इन्दिरा जोशी, निशा अधिकारी, प्रियंका कार्की, सञ्चिता लुइँटेल तथा केकी अधिकारीलाई पनि आकर्षक महिलाको सूचीमा राखे ।
जेरीका निर्देशक हेमराज बिसीले आकर्षक महिलाको सूचीमा पहिलो स्थान रविना देशराज श्रेष्ठलाई दिए । अकेशाको सुन्दर मुहारको चर्चा गर्दै उनले नायिका आन्ना शर्मा, इन्दिरा जोशी, आस्था पोखरेल, करिश्मा मानन्धर आदिको सौन्दर्यको बयान गरे । लोकदोहोरी म्युजिक भिडियोका निर्देशक प्रकाश भट्टले नम्बर वान नायिका रेखा थापालाई उत्कृष्ट महिलाका रूपमा लिए । लोकदोहोरीका कोमल वली, मन्जु पौडेल र पार्वती राई पनि उत्तिकै आकर्षक भएको प्रकाशले बताए ।
डाक्टर तथा नायक आयुश्मान घिमिरेले सञ्चिता लुइँटेल दुई सन्तानकी आमा भैकन पनि मेन्टेन फिगरका साथमा कमब्याक हुनु सकारात्मक भएको बताए । आयुश्मानले अकेशा विष्टको आँखा, फिगर र उचाइको प्रशंसा गर्दै नीति शाह, अश्मि श्रेष्ठ, मलिना जोशी, नम्रता श्रेष्ठ तथा अदिती बुढाथोकीको अपिलिङ आकर्षणको पनि व्याख्या गरेका थिए । निर्माता सुमित मैनालीले अकेशा विष्ट, माल्भिका सुब्बा, सिपोरा गुरुङ, आस्था पोखरेल, करिश्मा मानन्धर तथा हिमानी शाहको सौन्दर्यको चर्चा गरेका थिए ।
गायक पशुपति शर्माले केकी अधिकारीको सौन्दर्यको खुलेर प्रशंसा गर्दै सञ्चिता लुइँटेल, अशिश्मा नकर्मी, इन्दिरा जोशी, पार्वती राई, मन्जु पौडेल, रिमा विश्वकर्मा, आस्था राउत, प्रियंका कार्कीलाई उल्लेखनीय बताए ।
आकर्षक पुरुषहरूको छनौटमा सहभागी महिलाहरूले पनि पुरुष सौन्दर्यका विविध पक्षमा आफ्नो राय ब्यक्त गरेका थिए । मिस नेपाल सुविन लिम्बुले राजेश हमालको मेगास्टार छविबाट प्रभावित भएको बताइन् भनें दयाहाङ राईको फन्नी नेचर, गगन थापाको आत्मविश्वासले आफुलाई आकषिर्त गरेको उल्लेख गरिन् ।
अनमोलको चार्मिङ पर्सनालिटी र दयाहाङको रियालिष्टिक एक्टिङले मलाई प्रभावित तुल्याएको छ, फेसन डिजाइनर रोजिना श्रेष्ठले भनिन्-'यस्तै देशको सान भएकाले पारस खड्का, स्मार्ट भएकाले सुरज सिंह ठकुरी, सहि नेता भएकाले गगन थापा मलाई मनपर्छन् ।'
गायिका मन्जु पौडेललाई रियल हिरो लाग्छन्, अनमोल केसी । त्यसबाहेक मन्जुले दयाहाङ राई, गगन थापा, अनिल शाह, शेखर गोल्छा, दिकेश मल्होत्रा, विमल घर्तिमगर, पारस खड्का, राजेश हमाललाई आकर्षक पुरुषको सूचीमा राखिन् ।
नायिका केकी अधिकारीका लागि देशको रियल हिरो हुन्, पारस खड्का । यस्तै मृत मानिसको मुटु प्रत्यारोपण गर्ने चिकित्सक कुमुद धिताल, अनमोल केसी, दयाहाङ राई, अनिल गुरूङ, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, विमल घर्तिमगर पनि आकर्षक पुरुष भएको केकीले बताइन् ।
नृत्यागंना एवं अभिनेत्री पार्वती राईले पहिलो नम्बरमै अनमोल केसीको नाम लिईन् । अनमोलको ग्लामरस लुक्स र चकलेटी स्वरुपले आकषिर्त गरेको उनको तर्क थियो । दयाहाङ राई, विल्सन विक्रम राई, भुषण दाहाल, सुरजसिंह ठकुरी, सौगात मल्ल, पारस खड्का, गगन थापा तथा दिकेश मल्होत्राको व्यक्तित्व पनि आकर्षक भएको राईले बताइन् ।
नायिका नम्रता सापकोटाले अनुप विक्रम शाही, अनमोल केसी, पारस खड्का, अनिल गुरूङ, सुरजसिंह ठकुरीलाई मनपर्ने व्यक्तिको रुपमा उल्लेख गरिन् ।
अनेरास्ववियुकी केन्द्रीय सदस्य एवं युवा नेतृ रन्जु ज्ञवालीले आकर्षक व्यक्तित्वका रूपमा विमल घर्तीमगरलाई हेर्न चाहेको बताइन् । त्यसबाहेक उनले अनमोल केसी, पारस खड्का, रामकृष्ण ढकाल आदिलाई पनि आकर्षक व्यक्तिका रूपमा छनौट गरिन् । नायिका वषर्ा शिवाकोटीले पहिलो नम्बरमै मोडल नायक अनुप विक्रम शाहीको नाम उच्चारण गरिन् भने निराजन प्रधान, हरि हुमागाईं, भूषण दाहाल, प्रशान्त ताम्राकार, पारस खड्का, गगन थापा, अनिल गुरुङ, सरुन ताम्राकारलाई मन पर्ने व्यक्तित्वका रूपमा उल्लेख गरिन् ।
गायिका आस्था बीले अनमोल केसीलाई पहिलो रोजाइमा राखिन । आकर्षक पुरुषहरूको नाम लिने क्रममा आस्थाले मन्चिन शाक्य, राजेश हमाल, गगन थापा, सुरजसिंह ठकुरी, निमा रुम्बा, प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई सम्झिइन् । निर्देशक सुलोचना थिङले नायक एवं क्याप्टेन विजय लामाको ओजपूर्ण व्यक्तित्वले धेरैलाई आकषिर्त गरेको बताइन् । उनले पारस खड्का, सौरभ ज्योति, अमृत गुरुङ, राजेश हमाल, जीवन लुइँटेल, गिरीश खतिवडा तथा सोनम पाखि्रनलाई आकर्षक पुरुषको सूचीमा राखिन् ।
पर्वतारोही माया गुरुङले अनिल गुरुङको नाम लिँदै भनिन्— राम्रो लुक्सका अनिल राम्रो खेल्छन् । दयाहाङ राई, गगन थापा, हरिवंश आचार्य, रमेश खरेल, अमृत गुरुङ, भूषण दाहाललाई पनि उनले आकर्षक व्यक्तिको सूचीमा राखिन् । आरजे सविना कार्कीले स्वीट भएकाले अनिल गुरुङलाई रोजेको बताइन् भने पारस खड्का, गगन थापा, राजेश हमाल, जीवन लुइँटेल, दयाहाङ राईको व्यक्तित्व पनि आकर्षक भएको बताइन् । भिजे सुप्रिया तुलाधरले अनुपविक्रम शाहीको गुड लुकिङ र स्टाइलिस्ट छवि मन परेको बताइन् । उनले आफूलाई रेमनदास श्रेष्ठको उचाइ, राजेश हमालको व्यक्तित्व, भूषण दाहालको खैरो कपाल, लाहुरेको सुन्दरता तथा रविन शर्मा र सुगम पोखरेलको आवाज मनपर्ने कुरा पनि उल्लेख गरिन् ।
नायिका माला लिम्बूले सिद्धार्थ गुरुङ, अनुपविक्रम शाही, सौगात मल्ल, दिवस श्रेष्ठ, नरेन लिम्बू, पारस खड्का, प्रबल गुरुङ, सविन राई तथा अनुप बरालको नाम लिँदै उनीहरू प्रतिभाशाली र आकर्षक पनि भएको बताइन् ।
मेकअप आर्टिष्ट सुनिता शाक्यले अनमोल केसीको नाम सुरुमै लिइन् भने निमा रुम्बा, राजेश हमाल, प्रशान्त तामाङ, आर्यन सिग्देल, शिव श्रेष्ठ, सुरजसिंह ठकुरी तथा नवीन के भट्टराई पनि आकर्षक पुरुष भएको बताइन् । डि्रम फ्याक्ट्रीकी निर्देशक दशमी सुनुवारका लागि बंैकर अनिल शाह आकर्षक व्यक्तित्व हुन् । दशमीले निर्वाण चौधरी, गगन थापा, विल्सनविक्रम राई, पारस खड्का, शेखर गोल्छा तथा अनमोल केसीलाई पनि आकर्षक पुरुष बताइन् । यस्तै कलाकार सिर्जना सुब्बाले सौगात मल्ललाई पहिलो स्थान दिइन् । उनले सुरजसिंह ठकुरी, अनुप बराल, जुमानु राई र दयाहाङ राईको नाम विशेष रूपमा उल्लेख गरिन् ।
क्रि. केटर सोमपाल कामीले आकर्षक महिलाको सूचीको पहिलो नम्बरमै मिस नेपाल सुविन लिम्बूलाई सम्झिए । 'मैले उहाँसँग भेट्न त पाएको छैन, तस्बिरमा मात्र देखेको छु,' सोमपालले भने- 'तर म उनलाई एकदमै राम्री देख्छु, ग्लामर इन्डस्ट्रीमा उहाँको थप सक्रियता चाहन्छु ।' अभिनेता दयाहाङ राई, चलचित्र निर्माता एवं क्युज सिनेमा घरका सञ्चालक सुमित मैनाली, कवि उपेन्द्र सुब्बाले पनि सुविनलाई प्राथमिकताका साथ आकर्षक महिलाको सूचीमा राखे । फुटबलर अनिल गुरुङले आफू करिश्मा मानन्धरको बिग फ्यान भएको बताए भने उनले नायिका प्रियंका कार्कीको सुन्दरताको पनि प्रशंसा गरे ।
साहित्यकार उपेन्द्र सुब्बाले पूर्वराजपरिवारको सदस्य भएर पनि सन्तुलित रूपमा समाजसेवामा सक्रिय हिमानी शाहलाई उत्कृष्ट महिलाका रूपमा सम्झिएका थिए । कवि सुब्बाले नम्रता श्रेष्ठ, केकी अधिकारी र प्रियंका कार्कीको नाम लिँदै उनीहरूको सौन्दर्य एवं प्रतिभाको पनि चर्चा गरे ।
गायक भीषण मुकारुङले आकर्षक महिलाको नाम लिने क्रममा अकेशा विष्टलाई सम्झँदै करिश्माको सुन्दरताको खुलेर प्रशंसा गरे । करिश्मामा भएको सौन्दर्य चेतना अनुकरणीय भएको बताउँदै भीषणले इन्दिरा जोशी, प्रियंका कार्की, रेखा थापा, अन्जु पन्त, सुष्मा कार्की आदिलाई पनि आकर्षक महिलाका रूपमा सम्झिए ।
हास्यकलाकार कुमार कट्टेल 'जिग्री ब्रो' ले पछिल्लो पुस्ताकी मोडल आस्था पोखरेलको लोभलाग्दो सफलतामा गर्व गर्नुपर्ने बताए । कुमारको छनौटमा झरना बज्राचार्य, रविना देशराज श्रेष्ठ, वर्षा शिवाकोटी तथा आस्था राउत पनि थिए ।
डिजे गणेशले करिश्मा मानन्धर पछि अशिश्मा नकर्मी, अकेशा विष्ट, सञ्चिता लुइँटेल, माला लिम्बू, वषर्ा राउत, प्रियंका कार्की आदिलाई पनि आकर्षक नारीका रूपमा लिएका थिए । यस्तै कोरियोग्राफर युगल पोमोले आस्था पोखरेल र अकेशा विष्टलाई अहिलेका हट मोडल बताउँदै सृष्टि श्रेष्ठको व्यक्तित्व दुर्लभ अर्थात् युनिक भएको बताए ।
गीतकार सुदीपकुमार रेग्मीले पछिल्लो पुस्ताकी नायिका केकी अधिकारीको स्क्रिन फेस अत्यन्तै आकर्षक भएको बताउँदै रिमा विश्वकर्माको स्माइली लुक्सको पनि प्रशंसा गरे । उनले माल्भिका सुब्बा अहिलेसम्मकै आकर्षक मिस नेपाल भएको बताए ।
'इन्दिरामा अपिलिङ पर्सनालिटी छ,' सञ्चारकर्मी एवं समाचारवाचक रुपेश श्रेष्ठले भने- 'उनको आकर्षक जीउडालबाट म प्रभावित छु ।' इन्दिरा गायिका भैकन पनि नृत्य, मोडलिङलगायतमा अब्बल रहेको रुपेशले बताए । नम्रता श्रेष्ठको फाइट ब्याक नेचरबाट पनि आफू प्रभावित भएको रुपेशले बताए । क्यामेराम्यान हरि हुमागाईंले पनि नम्रताको सुन्दरताको बयान गरे । हरिले अकेशा विष्ट, इन्दिरा जोशी, निशा अधिकारी, प्रियंका कार्की, सञ्चिता लुइँटेल तथा केकी अधिकारीलाई पनि आकर्षक महिलाको सूचीमा राखे ।
जेरीका निर्देशक हेमराज बिसीले आकर्षक महिलाको सूचीमा पहिलो स्थान रविना देशराज श्रेष्ठलाई दिए । अकेशाको सुन्दर मुहारको चर्चा गर्दै उनले नायिका आन्ना शर्मा, इन्दिरा जोशी, आस्था पोखरेल, करिश्मा मानन्धर आदिको सौन्दर्यको बयान गरे । लोकदोहोरी म्युजिक भिडियोका निर्देशक प्रकाश भट्टले नम्बर वान नायिका रेखा थापालाई उत्कृष्ट महिलाका रूपमा लिए । लोकदोहोरीका कोमल वली, मन्जु पौडेल र पार्वती राई पनि उत्तिकै आकर्षक भएको प्रकाशले बताए ।
डाक्टर तथा नायक आयुश्मान घिमिरेले सञ्चिता लुइँटेल दुई सन्तानकी आमा भैकन पनि मेन्टेन फिगरका साथमा कमब्याक हुनु सकारात्मक भएको बताए । आयुश्मानले अकेशा विष्टको आँखा, फिगर र उचाइको प्रशंसा गर्दै नीति शाह, अश्मि श्रेष्ठ, मलिना जोशी, नम्रता श्रेष्ठ तथा अदिती बुढाथोकीको अपिलिङ आकर्षणको पनि व्याख्या गरेका थिए । निर्माता सुमित मैनालीले अकेशा विष्ट, माल्भिका सुब्बा, सिपोरा गुरुङ, आस्था पोखरेल, करिश्मा मानन्धर तथा हिमानी शाहको सौन्दर्यको चर्चा गरेका थिए ।
गायक पशुपति शर्माले केकी अधिकारीको सौन्दर्यको खुलेर प्रशंसा गर्दै सञ्चिता लुइँटेल, अशिश्मा नकर्मी, इन्दिरा जोशी, पार्वती राई, मन्जु पौडेल, रिमा विश्वकर्मा, आस्था राउत, प्रियंका कार्कीलाई उल्लेखनीय बताए ।
आकर्षक पुरुषहरूको छनौटमा सहभागी महिलाहरूले पनि पुरुष सौन्दर्यका विविध पक्षमा आफ्नो राय ब्यक्त गरेका थिए । मिस नेपाल सुविन लिम्बुले राजेश हमालको मेगास्टार छविबाट प्रभावित भएको बताइन् भनें दयाहाङ राईको फन्नी नेचर, गगन थापाको आत्मविश्वासले आफुलाई आकषिर्त गरेको उल्लेख गरिन् ।
अनमोलको चार्मिङ पर्सनालिटी र दयाहाङको