साप्ताहिक संवाददाता
भ्यालेन्टाइनमा आनन्द र सविना
भ्यालेन्टाइन्स डेको अवसर पारेर १४ फेब्रुअरी -शनिबार) का दिन गायक आनन्द कार्की एकल गायन कार्यक्रममा प्रस्तुत हुँदैछन् । रोटरी क्लब अफ जावलाखेलले होटल याक एन्ड यतीमा आयोजना गर्ने 'एन इभिनिङ विद आनन्द कार्की : द म्युजिकल इभेन्ट' मा गायक कार्कीले आफ्ना रोमान्टिक गीत-संगीत प्रस्तुत गर्नेछन् । सात जना वाद्यवादकसहित प्रस्तुत हुने गायक कार्कीलाई गायिका सविना कार्कीले युगल गायनमा साथ दिनेछिन् । साँझ ६ बजे प्रारम्भ हुने कार्यक्रममा आनन्द र सविनाले करिब दुई दर्जन गीत प्रस्तुत गर्ने बताइएको छ ।
माण्डवी पुरस्कृत
गायिका माण्डवी त्रिपाठी नारायण्ागोपाल युवा संगीत पुरस्कारबाट पुरस्कृत भएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा नेपाली गीत-संगीतको क्षेत्रमा करिब डेढ दशकसम्म निरन्तर योगदान पुर्याएको भन्दै गायिका त्रिपाठीलाई ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
नुतन सार्वजनिक
गीतकार नुतन भुसालले रचना गरेका गीतको एल्बम 'नूतन' लाई गीतकार डा.कृष्ण्ाहरि बराल, संगीतकार बुलु मुकारुङ तथा गायिका कोमल ओलीले काठमाडौंमा लोकार्पण गरेका छन् । गीतकार भुसालको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको एल्बमका गीतमा हरि लम्साल, सन्तोष रजौरे, दीपक शर्माको संगीत तथा जुना प्रसाईँ, सन्तोष रजौरे, मिलन अमात्य, शिव परियार आदि गायक-गायिकाको स्वर सुन्न सकिन्छ ।
सुरप्रभा एवार्ड
सुरप्रभा गीत-संगीतले आधुनिक संगीतका स्रष्टाहरूलाई समेटेर 'सुरप्रभा गीत-संगीत एवार्ड-२०७१' वितरण गर्ने घोषणा गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सुरप्रभाका अध्यक्ष तथा गीतकार भावेश भुमरीले विभिन्न १८ विधामा वितरण्ा गरिने जानकारी दिए । पहिलो पटक वितरण गर्न लागिएको यो एवार्ड २०७० माघ १ देखि २०७१ पुस मसान्तसम्म बजारमा आएका आधुनिक विधाका विभिन्न गीत/गजलहरूलाई प्रतिस्पर्धामा राखेर आगामी जेठ २३ गते वितरण गरिनेछ ।
स्मृति पुरस्कार
नेपाली गीत-संगीतको क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएका दिवंगत स्रष्टाहरूको नाममा स्मृति पुरस्कार स्थापना गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले स्व. लोकबहादुर क्षेत्री, कल्याण्ा शेरचन, नारायण्ा पाण्डे तथा मञ्जु महतको नाममा स्मृति पुरस्कारको स्थापना गर्दै लोकसंस्कृतिको क्षेत्रमा क्रियाशील स्रष्टाहरूलाई पुरस्कृत गर्न लागेको हो ।
अब रनिङ शिल्ड
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता- २०७१ -रनिङ शिल्ड) हुने भएको छ । चैत २०, २१ तथा २२ मा प्रज्ञा भवन कमलादीमा सञ्चालन हुने यो प्रतियोगितामा विभिन्न दोहोरी साँझबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित समारोहमा गायक हेमन्त शर्माको अध्यक्ष्ातामा गठन भएको प्रस्तोता समाजको नयाँ कार्यसमितिलाई सम्मान गरिएको थियो ।
डंकन माउन्टेन
संगीतकर्मी जीवेश योञ्जनले सिर्जना तथा संयोजन गरेका धुनहरूको एल्बम 'डंकन माउन्टेन' काठमाडौंमा सार्वजनिक भएको छ । २५ वर्ष लामो चित्रकारितापछि चलचित्र तथा संगीतमा हात हालेका जीवेश हाल अमेरिका बसोबास गर्छन् । मंगलबार काठमाडौंम्ाा आयोजित एक समारोहमा एल्बमका संगीतमा रंगमञ्चमा कलाकारहरूले अभिनय गरेका थिए ।
अब सार्वजनिक
खाँदबारीका गायक ध्रुव देवानले गाएका रक पपहरूको डेब्यू एल्बम 'अब' लाई गायक सञ्जय श्रेष्ठ तथा रविन तामाङले काठमाडौंमा विमोचन गरेका छन् । चलचित्रमा समेत पाश्र्व गायन गरिसकेका गायक ध्रुवको यो एल्बममा पाँचवटा गीत समावेश छन् । एल्बम विमोचन समारोहमा देवानले एउटा गीतसमेत प्रस्तुत गरेका थिए ।
गीतकारको अभियान
गीतकार प्रदीप शर्मा ढकालले मृगौला दान गर्न अभिप्रेरित गर्ने उद्देश्यले मृगौलादाता क्लब गठनको अभियान प्रारम्भ गरेका छन् । अंग प्रत्यारोपण केन्द्रले मृत्युपश्चात अंगदान गर्न इच्छुक व्यक्तिलाई सदस्यता वितरण गरिरहेको मौका पारेर गीतकार ढकालले तीनै व्यक्तिलाई समेटेर क्लब स्थापना गर्ने घोषणा गरेका हुन् । राष्ट्रिय गीतको एल्बम 'हे युवा हो जाग जाग' का स्रष्टा ढकालले उक्त एल्बमबाट आएको रोयल्टी मृगौला रोगीको उपचारमा सहयोग गर्ने घोषणा गरिसकेका छन् ।