शेरे : साहुजी, मलाई तीनवटा परफ्युम दिनुस त ।
साहुजी : -परफ्युम दिँदै) एकैपटक तीनवटा परफ्युम लिँदै हुनुहुन्छ, किन हो ?
शेरे : आज गर्लफ्रेन्डले डिनरका लागि बोलाएकी छे, त्यसलाई एउटा गिफ्ट दिनु छ, उसकी एउटा दामी बहिनी छे, उसलाई लाइन हान्न भए पनि एउटा परफ्युम दिनै पर्यो अनि उसकी आमालाई इम्प्रेस गर्नु छ । आमालाई पनि एउटा दिनैपर्छ ।
-अनि राति डिनरका बेला केटीको बाउ आउँदा शेरेले टाउको निहुराएछ)
गर्लफ्रेन्ड : मलाई थाहा थिएन, तिमी यति लाज मान्छौ भनेर ।
शेरे : (सुटुक्क) मलाई किन नभनेको, तिम्रो बाउको कलंकीमा परफ्युमको पसल छ भनेर ?
शेरेले चन्दि्रकालाई पट्याउन लेखेको सायरी
चाहेर नि तिमीसँग
रमाउन पाइनँ मैले
रमाई-रमाई तिम्रो हात
समाउन पाइनँ मैले
कसैलाई दोष दिन्नँ म
मेरै भाग्य यस्तै रै'छ
तिम्रो हातमा थमाउन पाइनँ मैले
पग्लिएर माया मेरो बगिरह्यो
पग्लिएको माया
जमाउन पाइनँ मैले ।
छोराले मायाप्रेमका कुरा बुझ्न थालेपछि शेरेले एउटा उपाय निकालेछ र बूढीलाई भनेछ : अबदेखि सेक्सलाई कोड भाषामा फोन गर्नु छ भनौं है ।
एकदिन,
शेरे : छोरा, ममीलाई गएर भन् ,बाबालाई अर्जेन्ट फोन
गर्नु छ रे !
बूढी : बाबालाई भन्, अहिले फोन गर्न मिल्दैन, नेटवर्क खराब भा'को छ, ठीक हुनलाई ४-५ दिन लाग्छ
शेरे : छोरा ममीलाई भन, फोन गर्न नदिए बाबाले पब्लिक फोनबाट कल गर्नुहुन्छ ।
बूढी : छोरा, बाबालाई भन, यस्तो गल्ती नगर्नु भनेर, नत्र ममिले घरमै पिसिओ खोल्नुहुन्छ रे भन्दे ।
भ्यालेन्टाइन स्पेसल जोक्स
रोज डे : फूलै पाइएन ।
प्रपोज डे : केटी नै भेटिनँ ।
चकलेट डे : चकलेट सबै महँगा थिए ।
प्रमिस डे : जब सरकारले नै प्रमिस पूरा गर्न सक्दैन त, हामी किन गर्ने ?
टेडी डे : जब चकलेट नै किन्न सकिएन भने टेडी तकहाँबाट
किन्ने हँ ?
किस डे : जब कुनै केटी नै छैन त किसचाहिँ कसलाई गर्ने ?
हग डे : बस्, एक्लोपनलाई नै हग गरियो ।
भ्यालेन्टाइन डे : जब माथिका सबै दिन यत्तिकै खाली-खाली नै बिते भने आज झन के मिल्छ, बाबाजीको ठुल्लु ?
माया यस्तै हुँदो रहेछ, नजिक हुँदा महत्त्व नै नहुने, अनि जब टाढा हुँदा आँखामा आँसु नै नटुट्ने ।
वास्तविक मायालाई सही समयमा चिन्न नसक्नु, जस्तो ठूलो पश्चाताप सायद अरू हुँदैन ।
जब हाम्रो माया आँखाको सामुन्ने हुन्छ, त्यतिखेर, हामी त्यसलाई त्यति महत्त्व दिँदैनौं, या त्योभन्दा पनि राम्रोको खोजीमा अगाडि बढ्छौं ।
जब अगाडि पुगेर त्यो भन्दा राम्रो अरू, केही भेट्दैनौं फर्किएर फेरि त्यही पुरानै ठाउँमा आउँछौ, तर त्यतिबेलासम्म त्यो माया अनि ममतामा, एंेजेरु पलाउन थालिसकेको हुन्छ ।
न त तिम्रो हृदयमा अटाउन सकें
न त तिम्रो यादलाई घटाउन सकें
दुखिरह्यो मुटुभित्र घाऊ
गहिरो हुँदा
न त मैले एक्लै दिन कटाउन सकें
भिजिदिन्छन् यी परेली
खुसी हुन्छु भन्दा
न त मैले फोटो नै फिर्ता
पठाउन सकें
उदासीन छ रात-दिन
तिमी पर हुँदा
न त मैले तिम्रो साथ हटाउन सकें
बास बस्यौ यो मुटुको
कुनाभित्र सधैं
न त धेरै माया मीठो
सटाउन सकें ।
युवक र युवतीबीचको फरक
युवकहरू गर्लफ्रेन्डले छोडेपछि नयाँ युवतीको खोजीमा हुन्छन्, सधैं गर्लफ्रेन्डको खाँचो हुन्छ ।
युवतीहरू नयाँ ब्वाइफ्रेन्ड बनाएपछि मात्र पुरानो केटालाई छोड्छन्, कहिल्यै पनि ब्वाइफ्रेन्डको खाँचो हुँदैन ।
मिसकल गर्यो भने लोभी भन्छे
फोन गर्यो भने किन
फोन गरेको भन्छे
फोन गरेन भने
तिमी पहिलेजस्तो रहेनौ,
हामीजस्तोसँग त कहाँ बोल्न
हुन्छ र ? भन्छे
पहिलेजस्तै गरी कुरा गर्यो
कस्तो बोरिङ
तिमीलाई मसँग बोल्न
मन रहेनछ भन्छे
हँसायो, कस्तो हावा मान्छे,
पागल भन्छे
सिरियस भयो, तिमी मदेखि
खुसी छैनौ भन्छे
एक त नेटवर्कले राम्रोसँग
काम गर्दैन
हे भगवान् !
मायालुलाई कसरी
खुसी पार्ने ? उफ् !