टेलिभिजनका कन्ट्रोभर्सियल अभिनेता तथा बिग बोस सिजन-२ का प्रतिस्पर्धी राजा चौधरीले श्वेता सुदका साथ गोप्य तरिकाले विवाह गरेका छन्। यसअघि उनले सन् १९९८ मा टेलिभिजन अभिनेत्री श्वेता तिवारीका साथ विवाह गरेका थिए। सन् २००७ मा तिवारीसँग सम्बन्ध-विच्छेद भएपछि राजाले श्वेता नामकै युवतीसँग दोस्रो विवाह गरेका हुन्। राजाकी जेठी श्रीमती श्वेता तिवारीले पनि ब्वाइफ्रेन्ड अभिनव कोहलीका साथमा २०१३ मा विवाह गरिसकेकी छिन्। राजाका अनुसार उनका माता-पिता उनको विवाहलाई लिएर चिन्तामा थिए अर्थात् उनका आमाबुबा उनले दोस्रो विवाह गरेको हेर्न चाहिरहेका थिए। राजा पनि सही युवतीको खोजीमा थिएँ। श्वेता क्युट र समझदार लागेकाले उनीसँग विवाह गरेको राजाले बताएका छन्।सोनुको गुनासो
गायक सोनु निगमलाई बहुमुखी प्रतिभाको धनी मानिन्छ। उनी पाश्र्वगायक, संगीतकारका साथै उत्कृष्ट स्टेज पर्फमरका रूपमा पनि उनको राम्रो माग छ। पछिल्ला दिनमा पाश्र्वगायनमा सोनुको विकल्पमा नयाँ गायकहरू हावी भएको अवस्थामा नयाँ कालखण्डका गीत-संगीतका बारेमा सोनुको गुनासो छ। एक अन्तर्वार्तामा सोनुले अहिले चलचित्र संगीत स्तरहीन भएको बताएका छन्। 'अहिले डबल मिनिङका गीत चलिरहेका छन्,' सोनुले भनेका छन्- 'इस्क कुत्ता है जस्ता शब्द लेखिन्छन् र त्यसलाई म्युजिक कम्पनीहरूले प्राथमिकतासाथ प्रवर्द्धन गर्छन्।'