भाङ-धतुरो खाएर जोगी बन्छु
- सीताराम कट्टेल, धुर्मुस
पोखराको महेन्द्रगुफा कहाँ पर्छ ?
बडो गाह्रो प्रश्न सोध्नुभयो । सोच्नैपर्छ । अँ...महेन्द्रगुफा त पोखराकै चमेरे गुफाको आडमा छ, हैन र ?
मान्छे हावामा उड्न थाले भने ?
यस्तो चमत्कार हुन थाल्यो भने त हजाईजहाज नै चाहिएन नि ।
प्रश्न यो हो कि उत्तर के हो ?
मलाई नै झुक्याउने प्रश्न पो सोध्नुभयो, उत्तर त दिशा हो नि ।
मान्छेलाई भोक नै नलाग्ने भयो भने ?
यदि त्यस्तो भयो भने त भातै खानुपर्दैन, टन्टै साफ । ग्याँस बच्यो, चामल बच्यो, तेल पनि बच्यो ।
पिसाबबाट सवारी साधन चल्ने भयो भने के होला ?
खाडी मुलुकका मान्छे भोकै पर्छन् । तेल उतैबाट आउने हो क्यार !
सालीहरू भिनाजुको जुत्ता किन लुकाउँछन् ?
भिनाजुलाई दंग्याएर टन्न पैसा कमाउनुबाहेक सालीहरूले अर्को कुनै उपाय देखेका छैनन्, त्यसैले ।
यौनसम्पर्कबाट पनि बच्चा नहुने भयो भने ?
टेस्टट्यूब बेबी जन्माउने नि, डा. भोला रिजाल जिन्दावाद ।
स्वाइन फ्लु, बर्ड फ्लुजस्तै धेरै हास्ँने मानिसलाई रहास्य फ्लु’ लाग्ने भयो भने तपाईं के गर्नुहुन्छ ?
त्यस्तो फ्लू लाग्यो भने हाम्रो कामै के रह्यो र ? म त भाङ-धतुरो खाएर जोगी बन्छु ।
भीडभाड भएको ठाउँमा कुनै युवतीले 'तपाईंको पाइन्टको फस्नर खुल्लै छ’ भनिन् भने ?
म त मर्छु कि क्या हो...
मोबाइलमा कल गरेर यो कहाँ पर्यो भनेर सोध्दा तपाईंको जवाफ के हुन्छ ?
तपाईंले कहाँ गर्नुभएको हो थाहा भएन, योचाहिँ मेरै कानमा पर्यो हजुर भन्छु ।
कलाकार कुनै जाति, धर्म तथा पार्टीको हुँदैन
- पल्पसा डंगोल, चम्सुरी
बुद्धको जन्मस्थल लुम्बिनी कहाँ छ ?
मलाई झुक्याउन खोज्नुभएको होला, लुम्बिनी त कपिलवस्तु जिल्लामा पर्छ नि ।
हामी दु:खी हुँदा रुन्छौं, खुसी हुँदा हास्छौं तर कहिलेकाहीं खुसी हुँदा पनि रुन्छौं, किन ?
धेरै खुसी सहन नसक्दा अथवा धेरै खुसी व्यक्त गर्न नसक्दा आँखाबाट त्यसै आँसु बग्छ ।
श्रीमान् र प्रेमीबीच के फरक पाउनुहुन्छ ?
ओहो...धेरै नै फरक छ नि । श्रीमान्ले श्रीमतीमाथि बढी नै हक जमाउँछन् तर प्रेमीमाथि सम्पूर्ण रूपले हक जमाउने अधिकार प्रेमिकालाई मात्र हुन्छ । श्रीमान्हरू खर्च गर्न डराउँछन्, प्रेमिहरू प्रेमिकाका लागि जत्ति पनि खर्च गर्न डराउँदैनन् ।
कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ?
मेरो विचारमा २० वर्ष कटेपछिको उमेर सही हो । त्यसो त अचेल ४० कटेपछि पनि जवानी आउँछ भन्छन् ।
जीवन कसैसँग साट्न पाए कोसँग साट्नुहुन्छ ?
त्यस्तो मौका पाएँ भने त आफ्नो जीवन कुनै अवोध बालिकासँग साट्थें । बाल्यकाल एउटा त्यस्तो समय हो जहाँ जीवन सर्वाधिक सुखद हुन्छ ।
तपाईंको सबैभन्दा ठूलो पश्चाताप के हो ?
उमेर नपुगी गरेको विवाहप्रति मलाई असाध्यै ठूलो पश्चाताप छ । एसएलसी सकिनेबित्तिकै विवाह गर्न हतारिनु मेरो ठूलो गल्ती थियो ।
कलाकारहरू राजनीतिमा लागिरहेका छन्, तपाईंको विचार के छ ?
कलाकार कुनै जाति, धर्म तथा पार्टीको हुँदैन । कलाकार सबैको हुनुपर्छ ।कलाकारहरूले राजनीति गरेको पटक्कै मन पर्दैन ।
मान्छेलाई भोक नै नलाग्ने भयो भने ?
भोक नै लाग्न छाड्यो भने त आनन्दै भैहाल्यो नि । काम पनि गर्नुपरेन, खानु पनि परेन । साँच्चै त्यस्तो भयो भने मानिसहरू एक-अर्कासँग लडाइँ-झगडासमेत गर्न छोड्थे होला हैन ?
श्रीमान्ले तीजको व्रत लिनैपर्ने नियम आएछ भने ?
आएछ होइन, त्यस्तो नियम आउनैपर्छ । सधैं श्रीमतीले मात्र तीजको व्रत बस्नुपर्छ भन्ने छ र ?
श्रीमती ल्याउन ६-७ लाख रुपैयाँ खर्च गर्नुपर्छ
- निर्मल शर्मा, गैडा
गोलभेंडालाई नेपालीमा के भनिन्छ ?
गोलभेंडालाई नेपालीमा रातो रंगको अचार खाने पदार्थ भनिन्छ । विदेशीहरू यसैलाई काटेर सलाद बनाएर खान्छन् ।
सालीहरू भिनाजुको जुत्ता किन लुकाउँछन् ?
जमाना नै पैसाको छ । जुत्ता लुकाउनु पनि एउटा व्यापार हो । जुत्ता लुकाउँदा पैसा आउँछ भने किन नलुकाउने भनेर पनि सालीहरू यो काममा अग्रसर हुन्छन् ।
महिलाहरू तालु खुइले भए भने सिन्दूर कहाँ लगाउलान् ?
महिलाहरूले सिन्दूर लगाउने परम्परा नै लोप हुने अवस्थामा छ । विवाहित नारीहरू अचेल सिउँदोमा होइन, आफ्नो ब्यागमा सिन्दूर बोकेर हिंड्न थालेका छन् । कसैले सिन्दूर खै त भनेर सोध्यो भने पकेटमा छ भन्छन् ।
गुलाबजामुनमा गुलाबचाहिं कहाँ हुन्छ ?
यो त धनबहादुर भन्ने मान्छे किन गरिब भनेजस्तै हो । गुलाबजामुनमा गुलाब हुँदैन ।
एउटा लामखुट्टे तपाईंकी श्रीमतीकी गालामा आएर बस्यो भने के गर्नुहुन्छ ?
इमरान हासमी लामखुट्टेको रूप धारण गरेर श्रीमतीको गालामा चुम्बन गर्न आएछ भन्ने कुरा सोच्दै चुप लागेर बस्छु ।
अरुले काम गर्दा तपाईंले पैसा कमाउने जागिर के होला ?
रत्नपार्कको सार्वजनिक शौचालयमा अरूले दिसा-पिसाब गर्छन्, आफ्नो काम पैसा गन्ने मात्र हुन्छ ।
साप्ताहिकमा केटाको ब्लोअप छाप्न के गर्नुपर्छ ?
केटाहरूले तिघ्राको रौं सफाचट पारेर चिल्लो बनाई फोटोसेसन गरे भने उनीहरू साप्ताहिकको नजरमा पर्न सक्छन् ।
तपाईंका लागि सबैभन्दा हाँसोउठ्दो क्षण ?
आज सबै मान्छे हतारमा छन् । कसैलाई फुर्सद छैन । बिहानदेखि बेलुकासम्म मानिसहरू दौडिरहेको देख्छु । उनीहरू केका लागि यस्तो भागदौड गरिरहेका छन् भन्ने कुरा सोचेर असाध्यै हाँसो लाग्छ ।
मोबाइल र श्रीमतीमा के फरक छ ?
श्रीमती ल्याउन ६-७ लाख रुपैयाँ खर्च गर्नुपर्छ । ३०-३५ हजार रुपैयाँमा राम्रो फोन पाइन्छ, त्यो पनि स्मार्ट । योभन्दा राम्रो फरक के होला ?
प्राय: श्रीमतीहरू आफ्ना श्रीमान्प्रति किन शंका गर्छन् ?
घरबाट चिटिक्क परेर नक्कल पार्दै बाहिरिने श्रीमान्का श्रीमतीहरूले मात्र उनीहरूप्रति शंका गर्छन् ।
प्रधानमन्त्रीका लागि संवाद राख्दिनँ
- दीपकराज गिरी
नेपाल लोडसेडिङमुक्त क्षेत्र घोषणा भयो भने ?
क्यान्डल लाइट डिनरको मज्जा लिन पाइन्छ, जुन हरेक दिन भैदिनाले यो शब्दकै अवमूल्यन भैरहेको छ ।
यही वैशाखदेखि मेलम्चीको पानी काठमाडौं आउँछ रे नि !
त्यसो हो भने म आफ्नो घरमा २०७२ सालको होइन, २०८० सालको क्यालेन्डर झुन्ड्याउँछु ।
कसैले तपाईं भनोस् कि नभनोस्, आफैं मपाइँँ हुनेलाई के भन्नुहुन्छ ?
कस्तो ऋषि धमलाजस्तो भन्छु ।
किन घाँटी हेरेर हाड निल्नु भनिएको होला ?
घाँटी हेरी हाड निल्नु भनेको छवि र रेखाको विवाह हो, तर यहाँ को घाँटी हो र को हाड हो, त्यो मलाई थाहा भएन ।
प्रधानमन्त्री सुशील कोइरालाले तीतो सत्यमा अभिनय गर्छु भनेर प्रस्ताव राखे भने ?
प्रधानमन्त्री कोइरालाका लागि संवादचाहिँ राख्दिनँ, डाइलग जति सप्पै केपी ओलीलाई दिन्छु ।
दीपाश्री निरौलाले विवाह गर्नर्ैपर्छ भन्नेर जिद्दी गरिन् भने ?
'ओके' भन्छु र निखिल उप्रेतीजीलाई फोन गरेर भारतमा भूमिगत हुने ठाउँ कहाँ छ भनेर सोध्छु ।
चलचित्र विकास बोर्डको अध्यक्षमा तपाईंलाई नियुक्त गरियो भने पहिलो काम के गर्नु हुन्छ ?
पहिलो काम 'मुखौटा', 'छड्के' जस्ता चलचित्र हेर्छु, किनभने मेरो हैसियत यिनै चलचित्र बनाउने हो, यिनीहरूकै हितमा काम गर्नु हो, जहाँ ९० प्रतिशत यस्तै चलचित्र बन्छन् ।
सूर्य किन पश्चिमबाट उदाउँदैन ?
सूर्य पश्चिमबाट उदाउँदैन, किनभने सूर्यबहादुर थापाको घर पूर्व हो ।
एक हप्ता दिन र अर्को हप्ता रात पर्न थाल्यो भने के गर्नुहुन्छ ?
सात दिन लगातार नसुत्दा मेरो होइन, भुवन केसी दाइको पो हालत के होला ?
केबुलकार बीचैमा एक घण्टा बन्द भयो भने ?
नम्रता श्रेष्ठले बनाएको चलचित्र 'सोल सिस्टर' हेर्छु अनि के बोर ? निदाएपछि बोर भा'को सुन्नुभा'छ ?
तपाईंले कहिल्यै ढुंगा खोज्दा देउता फेला पार्नुभएको छ ?
मैले ढुंगा खोज्दा देउता भेटेको छैन, बरु देवता खोज्दा देश, दृष्टिकोण अनि दुई किनारचाहिँ भेटेको छु ।
भुक्ने कुकुरले पनि टोक्न थाल्यो भने ?
चलचित्र 'सुन्तली' को डिभिडी देखाउने र मलाई टोक भन्ने । त्यसपछि यो चलचित्रले भन्न खोजेको के रहेछ भनेर सोच्दा-सोच्दै कुकुरको आयु नै सकिन्छ, कुरै खत्तम ।
लोग्ने-स्वास्नीको झगडा परालको आगो भन्ने उखान तपाईंको वैवाहिक जीवनमा लागू भएको छ कि छैन ?
परालको आगो भए सहन्थें, मदन घिमिरेको 'आगो' पर्यो, कसरी सहनु ?
स्वास्नी मान्छेको उमेर नसोध्नु भन्छन्, तपाईंले कसैको उमेर सोध्नुभएको छ ?
सोधेको छु नि करिश्मा मानन्धरको, तर असाध्यै सत्यवादी नायिका हुन्— करिश्मा ।
रेखाको प्रस्ताव सहर्ष स्वीकार
- शिवशंकर रिजाल, जोगिन्दर पानवाला
तपाईं दिनमा कत्ति खिल्ली पान खानुहुन्छ ?
म दिनमा दुई खिल्ली पान खान्छु । पहिले-पहिले ६-७ खिल्लीसम्म खान्थें ।
सबैभन्दा स्वादिलो गरी पान खाने नेता ?
किसुनजी सबैभन्दा स्वादिलो गरी पान खानुहुन्थ्यो ।
सबैभन्दा स्वादिलो गरी पान खाने कलाकारचाहिं को नि ?
शिवहरि पौडेल स्वादिलो गरी खाने, पुरी चपाएजस्तो खानेचाहिं राजेश हमाल । हमालले एक मिनेटमा एक खिल्ली पान खाइसक्छन् ।
तपाईंको पान पसलमा अब कसलाई ल्याउन बाँकी छ ?
नेता, अभिनेता सबै आए, अब अख्तियारका प्रमुख तथा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याउने ठूलो रहर छ ।
तपाईंलाई "भैया" भनेर सम्बोधन गर्दा कस्तो लाग्छ ?
मलाई जहाँ जाँदा पनि भैया भनेर सम्बोधन गर्छन् । त्यसरी बोलाउँदा सबैभन्दा बढी खुसी लाग्छ ।
दिउँसै सपना देख्नुभा"को छ ?
दिउँसो सपना त देख्दिनँ, तर यात्रा गर्दा विभिन्न कल्पना भने गरिरहन्छु ।
समोसा खाँदा भित्र आलुको साटो खुर्सानीमात्र पाइयो भने ?
म त खुर्सानीको पारखी हुँ, तर आलुको साटो खुर्सानी नै पाइयो भने पक्कै दु:खी हुन्छु ।
रेखा थापाले डेटिङमा जाऊँ भनिन् भने के गर्नुहुन्छ ?
रेखाको प्रस्ताव सहर्ष स्वीकार गर्छु, किनभने उनी मलाई मन पर्ने नायिका हुन् ।
अचानक दोस्राे विवाह गर्नुपर्ने अवस्था आयो भने ?
त्यस्तो अवस्था कहिल्यै नपरोस् ।
हनुमानले दर्शन दिएर वर माग भने भने ?
म त हनुमानजीकै व्रत लिने मान्छे हुँ । यदि त्यस्तो मौका पाएँ भने मेची-महाकाली रेलमार्ग निर्माण गरिदिनुस् भन्छु ।
विश्वकप क्रिकेटमा अफगानिस्तानले जित्यो भने ?
धेरै खुसी हुनेछु । अफगानिस्तानले अहिले जित्नु भनेको अर्को विश्वकपमा नेपालले जित्नु हो ।
चियामा चिनीको साटो नुन राखेर दिइयो भने ?
त्यस्तो अवस्थामा मनमनै असाध्यै रिसाउँछु, बाहिरचाहिं हाँसी-हाँसी खाइदिन्छु ।
श्रीमतीमाथि किन सौता हाल्ने ?
- शिवहरि पौडेल, मुखाँ हानु जस्तो
दिउँसै सपना देख्नुभएको छ ?
दिउँसो सुत्ने बानी नै छैन ।
भगवान् शिवले दर्शन दिएर वर माग भने भने ?
विकृति बढेर सृष्टिको विनाश गर्नेबेला भैसक्यो भन्छु ।
नेपालले विश्वकप फुटबल खेल्ने पक्का भयो भने ?
त्यो पटकको विश्वकप फुटबल नेपालमै हुनुपर्छ ।
जेरीको स्वाद तीतो रै"छ भने ?
जीब्रो जँचाउन जानु पर्ने हुन्छ ।
नायिका नम्रताले तपाईंसँग विवाह गर्छु भनेर जिद्दी गरिन् भने ?
घरकी त्यस्तै सोझी र लभ्ली श्रीमतीमाथि किन सौता हाल्ने ?
जब पर्यो राति अनि बूढी ताती किन भनिएको होला ?
दिउँसो फुर्सद नभएर ।
वास्तविक जीवनमै दुईवटी श्रीमती भए भने कसरी सम्हाल्नुहुन्छ ?
दुईटीले चैं मलाई सम्हाल्नुपर्ने हुन्छ ।
बाटोमा हिँडेका बेला कुनै युवतीले च्याप्प समातेर किस गरिन् भने ?
आफू जवान र राम्रो रै'छु भनेर दंग पर्छु ।
कानमा पर्यो भन्छु
- किरण केसी, राता मकै
जीवन कसैसँग साट्न पाए को सँग साट्नु हुन्छ ?
आफैसँग साटथे र त्यस्तो मौका पाएँ भने केटी बनेर हेर्थे ।
टमाटर फल हो कि तरकारी ?
जहाँ पनि फिट हुने खुबी भएकाले त्यो फल पनि होइन, तरकारी पनि होइन, नेता हो ।
गुलावजामुनमा गुलाव चाहिँ कहाँ हुन्छ ?
खुसुक्क भन्ने हो भने 'सेन्टर प्वाइन्ट'मा हुन्छ ।
अरूले काम गर्दा तपाईंले पैसा कमाउने जागिर के हो ?
दलाली
सुपरम्यानले कट्टु बाहिरबाट लगाउने कारण के होला ?
सुरुवाल र्झछ भनेर
कुनै भीडभाड भएको ठाउँमा कुनै युवतीले आएर तपाईंको पाइन्टको फस्नर खुल्लै छ भन्दा ?
लौ तिम्रो आँखा गज्जबकै ठाउँमा परेछ, लाइदेऊ न त भन्थे ।
मोबाइलमा कल गरेर यो कहाँ पर्यो ? भनेर सोध्नेलाई के भन्नुहुन्छ ?
कानमा पर्यो भन्ने गरेको छु ।
टेलिभिजनका हास्यकार्यक्रममा प्रतिबन्ध लाग्यो भने ?
स्टेज कार्यक्रम गरिन्छ ।
ट्वाइलेटमा हुँदा चुकुल नलागेर गीत गाउनु परेको छ ?
कार्यक्रमको सिलसिलामा बाहिर जाँदा धेरैपटक ला..ला..ला.. गर्दै बसेको छु नि ।
पिसाबबाट मोटरसाइकल चल्ने भयो भने ?
पानी टन्न खान्थे र पानी कम खानेहरूलाई बेच्थे ।
चुम्बन गर्दा केश झर्ने रोग लाग्न थाल्यो भने ?
विग लगाएर चुम्बन गर्ने त
एक पटकमा २५ रसवरी
- आरपी भट्टराई, लादालाम
२ र २ जोड्दा ५ कसरी हुन्छ ?
गल्ती भएर हुन्छ ।
एकपटकमा कतिवटा रसबरी खानुभएको छ ?
चोरेर १६ वटासम्म खाएको छु । नचोरी खान दिइयो भने २५ वटाजति सजिलै खाइदिन्छु ।
धेरै जनासँग विवाह गर्ने छुट पाउनुभयो भने तपाईं कतिवटीसँग विवाह गर्न सक्नुहुन्छ ?
यो प्रश्नले त घरबार नै बिग्रन सक्छ । त्यस्तो छुट पाइयो भने...खै के भन्ने-भन्ने । यदि छुट नै पाइयो भने सबैभन्दा पहिले श्रीमतीसँगै सोध्नुपर्ला, कति वटी ल्याउँ भनेर ।
गर्लफ्रेन्डसँग डेटिङ गएको कुरा श्रीमतीले चाल पाउने एप आयो भने ?
त्यस्तो भयो भने म त फेन्ट नै हुन्छु । फेन्ट हुनबाट बच्न श्रीमतीलाई स्मार्ट फोन चलाउनै दिन्नँ, चलाए पनि त्यो एप राख्न दिन्न ।
एक दिनको प्रधानमन्त्री हुन पाउनुभयो भने दिनभरिमा के गर्नुहुन्छ ?
सबैभन्दा पहिले संविधानसभाबाट ६ सय १ वटै कुर्सी बाहिर फाल्थें । त्यसपछि नयाँ पुस्तालाई समेटेर मन्त्रिमण्डल गठन गर्थें । मापसे जाँच गर्ने शैलीमा सुधार ल्याउँथें । डेडिङ जानेहरूलाई राम्रो पार्कको व्यवस्था गरिदिन्थें ।
सुपरम्यानले कट्टु बाहिरबाट लगाउने कारण के होला ?
अरूभन्दा फरक देखिन । अरूले जस्तै भित्रबाट कट्टु लगायो भने सुपरम्यान र सामान्य मानिसबीच फरक नै भएन नि ।
ट्वाइलेटमा हुँदा चुकुल नलागेर गीत गाउनुपरेको छ ?
त्यस्तो त धेरै पटक भएको छ । त्यस्तो बेला म ठूल्ठूलो स्वरमा गीत गाउँछु ।
सार्वजनिक यातायातमा पिसाबले अति च्यापेका बेला के गर्नुहुन्छ ?
दिसा पिसाब मुक्त क्षेत्र बनाउने अभिनयमा लागिरहेका बेला यस्तो प्रश्न सोध्नुभयो ।
साथीहरु स्कुटीको हावा चेक गर्छन्
- अंशु महर्जन, हात्ती
तीन दिनसम्म खानेकुरा खान प्रतिबन्ध लगाइयो भने के गर्नुहुन्छ ?
म त मर्छु होला, त्यसै पनि प्रेसरको बिरामी छु ।
तपाईंको तौल अचानक घटेर ४५ केजी भयो भने ?
त्यस्तो भयो भने म दु:खी हुन्छु, शरीरमा मासु नै हुँदैन । हड्डी मात्र हुन्छ ।
तपाईं चढ्नेबित्तिकै प्रत्येक स्कुटर पञ्चर हुन थाले के होला ?
आजसम्म त्यस्तो स्थितिको सामना गर्नु परेको छैन, तर साथीहरूको स्कुटीमा चढ्नुअघि उनीहरू चक्काको हावाचाहिँ चेक गर्छन् ।
तपाईंले माइक्रोबसमा एउटाको साटो दुईवटा टिकट काट्ने अवस्था आयो भने ?
एक-दुई पटक भनेका थिए, पहिले-पहिले ।
साप्ताहिकको ब्लोअपका लागि फोटोसेसन गर्ने हो ?
पहिले त छापिएकै हो । किन म साप्ताहिकको ब्लोअपमा आउन लायक छैन र ?
सिनेमा हलमा चलचित्र हेर्ने क्रममा भूकम्प गयो भने के होला ?
म आजसम्म भूकम्प आयो भनेर दौडिएको छैन । दौडिँदा भूकम्पको झट्का डबल होला कि भन्ने डर लाग्छ ।
हास्यकलाकार आरपी भट्टराईले डेटिङ जाने प्रस्ताव राखे भने ?
आम्मामा...भयो । म आफू मोटी भए पनि मलाई फिट एन्ड फाइन केटामात्र मनपर्छ ।
बजारमा तपाईंको साइजको रेडिमेड पहिरन नै पाउन छाडियो भने ?
अहिले पनि मुस्किलले मात्र पाइन्छ । टेलर मास्टर धनी हुन्छ ।
बाटोमा हिंड्दा-हिंड्दै कसैले गालामा म्वाइँ खायो भने ?
कसको हिम्मत होला ? यदि कसैले हिम्मत नै गरेछ भने त्यसलाई सलाम गर्छु ।
आर्यन सिग्देलकी नायिका भएर अभिनय गर्ने प्रस्ताव आयो भने ?
त्यो त आर्यन सिग्देलको भाग्य हो ।
प्रचण्डको मोबाइलमा डायल गर्ने
- हरिवंश आचार्य (नेवारबहादुर)
महिलाहरू तालु खुइले भए भने सिन्दूर कहाँ लगाउलान् ?
अचेल सजिलो छ । विग अर्थात् नक्कली कपाल बनायो, त्यसैमाथि लगायो ।
एउटा लामखुट्टे तपाईंकी श्रीमतीको गालामा आएर बस्यो भने के गर्नुहुन्छ ?
श्रीमतीलाई झापड हान्नु त भएन, माया लाग्छ । बरु त्यसको छेउमा गएर नमस्ते गर्थे र त्यही नमस्तेमा च्यापेर अचार बनाउँथे ।
गुरु द्र्रोणाचार्यले आजको समयमा एकलब्यसँग बूढी औंला मागे भने उनले के देलान ?
चिकेन ससेज
बाघले घाँस खान थाल्यो भने के होला ?
नेताहरूले घूस खान छाड्छन् ।
विवाहित पुरुषलाई कसरी चिन्ने ?
गोजीको पैसा हेरेर । कम छ भने विवाहित, धेरै छ भने अविवाहित ।
स्वाइन फ्लु, बर्ड फ्लु जस्तै धेरै हास्ने मानिसलाई ँहास्य फ्लु’ लाग्ने भयो भने के गर्नुहुन्छ ?
नेपालका जनतालाई लागि सक्यो । धेरैले हाँस्नै बिर्सिसके । त्यसको भाइरस चाहिँ संविधानसभा भवनभित्र बस्छन् ।
सार्वजनिक यातायातमा पिसाबले अति च्यापेको बेला के गर्नुहुन्छ ?
सुलुलु छाडदिने, कसैले देख्यो भने उसैलाई दोष लाइदिने ।
संविधान बन्यो कि बनेर भनेर बुझ्न कति नम्बरमा डायल गर्ने ?
प्रचण्डको मोबाइलमा
एउटी ल्याउँदा अर्की फ्रिको स्किम आयो भने के गर्नुहुन्छ ?
एउटी राख्छु, अर्की बेच्छु ।
अमेरिका कुन देशमा पर्छ ?
यूएसएमा हो कि ?
श्रीमान्ले तीजको व्रत बस्दा फरक पर्दैन
- केदार घिमिरे (माग्ने बूढो)
तपाईंलाई सबैभन्दा रिस उठाउने कुरा के हो ?
जसले पैसा तिर्नु छ उसैको ठूला कुरा सुन्नु ।
कलाकारहरू राजनीतिमा लागिरहेको छन्, तपाईंको विचार के छ ?
राजनीतिज्ञहरू पनि त नाटक गरिरहेका छन् । राजनीतिज्ञहरू कलाकारितामा लागेका छन्, कलाकारहरू पनि राजनीतिमा गए होला ।
कुकुरले बिजुलीको खम्बा देख्ने बित्तिकै खुट्टा उठाउने कारण के होला ?
पानी कम भएर लोडसेडिङ भयो भन्ने लाग्यो होला, त्यही भएर पानीको मात्रा बढाउन त्यसो गरेको ।
मान्छेलाई भोक नै नलाग्ने भयो भने ?
भोक त नलाग्नु पर्ने बेला पनि आइसक्यो नि । खेतीयोग्य जमिन सबै प्लटिङ भएर सिद्धिए, अलि-अलि भएको जमिनमा पनि खेती गर्ने कोही छैनन्, सबै विदेश पलायन भैसके ।
स्वाइनफ्लु, बर्डफ्लु जस्तै धेरै हास्ने मानिसलाई हास्यफ्लु लाग्ने भयो भने, तपाईं के गर्नुहुन्छ ?
हास्य फ्लू लागेर मान्छे आफैं हास्न थाले भने त हामी त रिटायर्ड भैहाल्यौ नि । पेन्सन होइन टेन्सन खाने बस्ने ।
तीजको व्रत श्रीमान्ले राख्नै पर्ने नियम आएछ भने ?
त्यो त हुनै पर्छ नि । श्रीमतीचाहिँ श्रीमान्प्रति इमान्दार हुनुपर्ने, श्रीमान् चाहिँ हुनु नपर्ने भन्ने हुँदैन । श्रीमान्ले पनि व्रत बस्दा फरक पर्दैन ।
युवतीको गालालाई स्याउसंग किन दाँजिएको होला ?
युवतीको गालामा दाह्री नभएर होला । स्याउको पनि दाह्री हुँदैन नि, नत्र त स्कुससँग दाँजिन्थ्यो होला ।
चुम्बन गर्दा कपाल झर्ने रोग लाग्न थाल्यो भने ?
विग पसलहरू टन्नै खुल्थे । चुम्बन गर्ने विग किन्ने ।
धेरै जनासँग विवाह गर्ने छुट पाउनुभयो भने कतिवटीसँग गर्न सक्नुहुन्छ ?
विवाहपछिको जिम्मेवारी पूरा गर्नु नपर्ने भए त धेरै जनासंग गरिन्थ्यो । जिम्मेवारी पुरा गर्नुपर्ने भएपछि किन धेरै जनासँग विवाह गरिरहनु पर्यो र ?
गर्लफ्रेन्डसँग डेटिङ गएको कुरा श्रीमतीले चाल पाउने एप आयो भने ?
मलाई त केही फरक पर्दैन । यो प्रश्न धेरै गर्लफ्रेन्ड हुनेहरूसँग सोध्नु न ।
एक दिनका लागि प्रधानमन्त्री बन्न पाउनुभयो भने के गर्नुहुन्छ ?
म त दिनभरी सुतिरहन्छु । उठेर काम गर्ने भए पनि विपक्षीले काम गर्न दिने होइनन् ।
आइ लभ यूभन्दा थप्पड खानुभएको छ ?
भनेको भए खाइन्थ्यो होला, अहिलेसम्म भनिएकै छैन ।
खाना खाइरहेका बेला कोही आएर के गर्दै ? भनेर सोध्दा, जवाफ के दिनुहुन्छ ?
सागसब्जी तथा पहेंला फलफूल खाने सल्लाह दिन्छु ।
मोबाइलमा कल गरेर यो कहाँ पर्यो भनेर सोध्दा तपाईंको जवाफ के हुन्छ ?
जहाँ गर्यो, त्यहीं पर्छ भनिदिन्छु ।
टमाटर फल हो कि तरकारी ?
दुवै हो जस्तो लाग्छ तर होलीको बेलामा चाहिँ तोप पनि हो । अचेल लोलाको साटो यसकै प्रयोग बढ्दो छ ।
श्रीमती फेर्न मिल्दैन
- जितु नेपाल, मुन्द्रे
बुद्धको जन्मस्थल लुम्बिनी कहाँ छ ?
लुम्बिनी नेपालमा छ । नेपाल विश्वमा छ ।
विवाहित पुरुषलाई कसरी चिन्ने ?
फेरि विवाह गर्छ कि गर्दैन सोध्ने, आफैं चिनिन्छ ।
टमाटर फल हो कि तरकारी ?
नखाउन्जेल तरकारी र फल, खाएपछि मल ।
महिलाहरू तालुखुइले भए भने सिन्दूर कहाँ लगाउलान् ?
यदि त्यस्तो भयो भने पुरुषहरूले सिन्दूर लगाउन थाल्छन् ।
एउटा लामखुट्टे तपाईंकी श्रीमतीको गालामा आएर बस्यो भने के गर्नुहुन्छ ?
मैले केही गर्नै पर्दैन, जे गर्छ लामखुट्टेले गर्छ ।
गुरु द्रोणाचार्यले आजको समयमा एकलव्यसँग बूढी औंला मागे भने ?
एकलव्यसँग चारवटा औंला मात्र बाँकी रहन्छ ।
यदि तपाईंले "असफलता" सम्बन्धी पुस्तक लेख्नुभयो, तर त्यो बिक्री नै भएन भने के गर्नुहुन्छ ?
पुस्तक बिक्री भएन भने प्रकाशकलाई घाटा हुन्छ र ऊ पनि असफल हुन्छ ।
साप्ताहिकमा केटाको ब्लोअप छाप्न के गर्नुपर्छ ?
जितु नेपालको सोर्स लगाउनुपर्छ ।
सुपरम्यानले बाहिर कट्टु लगाउने कारण के होला ?
हाइड्रोसिलको अप्रेसन गरेको भएर होला ।
एउटा त्यस्तो प्रश्न जसको उत्तर दिन तपाईंलाई घृणा लाग्छ ?
सेक्ससम्बन्धी प्रश्न । यो उत्तर दिने प्रश्न नै होइन ।
तपाईंलाई सबैभन्दा हाँसउठ्दो क्षण ?
हाँस प्राय: उठेकै देखिन्छ, बसेको त्यति देखिँदैन ।
प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
रातलाई पनि दिन बनाएको भए सम्भवत: हामी पैदा नै हुने थिएनौं ।
मोबाइल र श्रीमतीमा के फरक छ ?
मोबाइल फेरिरहन मिल्छ, श्रीमती फेर्न मिल्दैन ।
बाघले घाँस खान थाल्यो भने ?
बाख्राले पनि मासु खान थाल्छ ।
श्रीमती र प्रेमिकामा के फरक पाउनुहुन्छ ?
हिजोआज दुवैले फरक लाउँदैनन्, अरू नै लुगा लाउँछन् ।
जलस्रोतको धनी देशमा लोडसेडिङ
- विल्सन विक्रम राई (तक्मे बूढो)
टमाटर फल हो कि तरकारी ?
फलको बोटको हाँगो निहुरिन्छ भन्ने उखानलाई मान्दा टमाटर फल्दा खेरी बोट निहुरिएको हुन्छ, त्यसैले यो फल हो ।
सालीहरू भिनाजुको जुत्ता किन लुकाउँछन् ?
दिदीको भाग्यमा जुत्ता गन्हाउने लोग्ने पर्यो कि भन्ने कुरा सुँघेर पत्ता लगाउन् ।
महिलाहरू तालु खुइले भए सिन्दूर कहाँ लगाउँछन् ?
अहिले त सिन्दूरको डब्बा ड्रेसिङ टेबुलको ड्रयरमा लुकाएर सिन्दूर नै नलाउने फेसन पो आ'को छ क्यार । सयमा ७५ ले सिन्दूर लुकाएर आफूलाई अविवाहित जस्तो बनाएको देख्छु । लाउनै नपरे कपाल खुइलियोस् कि नखुइलियोस्, के मतलब भो र ?
गुलाब जामुनमा गुलाब कहाँ हुन्छ ?
न गुलाब हुन्छ, न जामुन हुन्छ बस कालो गोलो हुन्छ ।
एउटा लामखुट्टे तपाईंकी गर्लफ्रेन्डको गालामा बसेको देख्नुभयो भने के गर्नुहुन्छ ?
त्यसलाई समातेर त्यसको लामो खुट्टा काटेर त्यसकै व्वाइफ्रेन्डको जिम्मा लगाइदिन्थे । मेरी गर्लफ्रेन्डको गालामा बस्ने त्यसको त्यत्रो हिम्मत ?
अरूले काम गर्दा तपाईंले पैसा कमाउने जागिर के होला ?
मान्छे विदेश पठाउने काम ।
गुरु द्रोणाचार्यले आजको समयमा एकलब्यसँग बूढी औंला मागे भने उनले के देलान ?
म एकलब्य भएँ भने त मेरो जवाफ यस्तो हुन्थ्यो 'सरी गुरु, मेरो बूढी औंला केटीहरूको फोटो लाइक गर्न बिजी छ ल ।'
विज्ञापन एजेन्सीकै विज्ञापन चाहिँ किन नबनेको होला ?
जलस्रोतको धनी देशमा लोडसेडिङ भने जस्तै भएको होला ।
साप्ताहिकमा केटाको ब्लोअप छाप्न के गर्नुपर्छ ?
लिंग परिवर्तन गर्नुपर्छ ।
सुपरम्यानले कट्टु बाहिरबाट लगाउने कारण के होला ?
सुरुवालभन्दा कट्टु ब्राण्डेड भएर होला नि !
१२ वर्षको छोरो हुन्थ्यो
- दीपाश्री निरौला
जेरीको स्वाद तीतो हुने भए ?
हाम्रो टेलिश्रृंखलाको शीर्षक 'तीतो सत्य' होइन, 'जेरी सत्य' हुन्थ्यो ।
सुशील कोइरालाले दीपाश्रीसँग बिहे गर्छु भनेर मरिहत्ते गरे भने ?
म त दंग पर्थें, तर सुजाता कोइराला रिसाउलिन, किनभने अर्को सार्कमा प्रथम महिला हुन पाउँदिनन् नि फेरि ।
यौवन अवस्थामै दीपकराज गिरीसँग जोडी जमेको भए के हुन्थ्यो ?
१२ वर्षको 'तीतो सत्य' होइन, १२ वर्षको छोरो हुन्थ्यो ।
मंगल ग्रहमा लान पाए कसलाई लानुहुन्थ्यो ?
६ सय १ लाई रकेटमा कच्याककुचुक पारेर लान्थे र त्यतै छाडेर र्फकन्थे ।
सनी लियोनले दीपकलाई दीपाश्रीको संगत छाडिदेऊ, म तीतो सत्यमा तिमीसँग खेल्छु भनिन् भने दीपकले के गर्लान् ?
नेपाल टेलिभिजनले प्रसारण नै गर्दैन, खेलेर मात्र के गर्ने बिचरी सनी लियोनले ।
फेरि १६ वर्षको हुन पाए ?
अहिले म १६ वर्षकी जस्तो देखिएकी छैन र ?
मापसेमा परेका बेला के गर्नुहुन्छ ?
मापसे गरेका बेला सवारी साधन चलाउनै हुन्न नि ।
विदेशमा जसरी विवाह नगरी सन्तान पाउन वैधानिक मानियो भने ?
गज्जबै हुन्छ, नयाँ संविधानमा त्यो व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो माग पूरा गर ।
तपाईंको वजनले गर्दा बसेको कुर्सी भाँचिएको छ ?
म त हल्काफुल्का नै छु । त्यसैले त्यस्तो हुने चान्सै छैन (हि..हि), बरु हालै एक जना मोटो शरीरका धनी पत्रकार दाजुले सिनेमाहल भित्र त्यस्तो अवस्थाको सामना गर्नुभयो रे भन्ने सुनेकी छु । ती दाइ शान्तिप्रियचाहिँ होइनन् है ।
तपाईंमाथि हाँस्ने प्रतिबन्ध लगाइयो भने ?
म नहाँसी अरूलाई हँसाउँछु ।