मिस नेपाल-२०१५ मा काठमाडौं बाहिरका प्रतिस्पर्धीहरूलाई सहभागिता गराउने उद्देश्यले आयोजक हिडन टे्रजरले विराटनगरबाट अभिनय थालेको छ । टे्रजरले 'विराटनगर मिस नेपाल कलेज क्याम्पियन' शीर्षकको कार्यक्रम आयोजित गर्दै मिस नेपालका सम्भावित प्रतिस्पर्धीको खोजी प्रारम्भ गरेको हो । कार्यक्रममा पूर्वमिस नेपालद्वय श्वेता सिंह तथा सृष्टि श्रेष्ठले विराटनगरका म्यानेज्मेन्ट कलेज, एप्लाइड कलेज तथा जेनिथ कलेजमा औपचारिक समारोहबीच अडिसन प्रारम्भ गरेका थिए । 'प्रत्येक कलेजमा करिब ९० जना विद्यार्थीले सहभागिता जनाए, हिडन ट्रेजरकी सिआईयो श्वेता भन्छिन्— 'कार्यक्रमका क्रममा हामीले व्यक्तित्व विकासको महत्वका बारेमा प्रकाश पार्यौं ।' यस्तै प्रकारको कार्यक्रम चितवन तथा बुटवलमा समेत सञ्चालन गरिएका छन् भने पोखरामा पनि यही शैलीको कार्यक्रम आयोजित गरिनेछ । कान्तिपुर पब्लिकेसन्सको दि काठमाडौं पोष्ट मिस नेपाल-२०१५ को अफिसियल मिडिया हो ।