साप्ताहिक संवाददाता
अन्तिम दिन शनिबार जंगल महोत्सवमा जंगली थिमको फेसन शोलाई दर्शकले अत्यधिक मन पराए । त्यस्तै सर्कस काठमाडांैको प्रस्तुति, डिजे नाइट, तिलकबम मल्ल, विग आईकन मुस्कान रानाभाट आदिको प्रस्तुतिमा पनि दर्शकहरू झुमे । धुर्मुस तथा माग्ने बूढाको विशेष प्रस्तुति पनि दर्शकको रोजाइमा पर्यो ।
'हरियाली सप्ताह'को थिममा आयोजित महोत्सवमा दर्शकहरू विभिन्न जातजातिका जनावर, चराचुरुङ्गीहरूको सामीप्यतामा रमेका थिए । जंगलमा बस्दै आएको राउटे समुदायका मानिसहरूले उनीहरूको रहनसहन तथा जीवनशैली प्रदर्शन गरेका थिए भने राउटे जातिको विशेष शैलीको घर पनि दर्शकहरूको आकर्षणमा रह्यो ।
जंगलभित्र प्रत्यक्ष रूपमा अष्ट्रिच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजातिका चरा राखिएको थियो । त्यस्तै हात्ती सफारी पनि आकर्षणको केन्द्र बन्यो ।