गायक राजेश पायल राईले पहिलो वल्र्ड टूर सफलतापूर्वक सम्पन्न भएको अवसर पारेर काठमाडौंको कमलपोखरीमा 'दर्शन नमस्ते रेस्टुराँ' सञ्चालनमा ल्याएका छन् । गत शनिबार नायिका केकी अधिकारी तथा गायक राईले रिबन काटेर रेस्टुराँको उद्घाटन गरेलगत्तै दुवै मिलेर केक समेत काटेका थिए । गायक राईले आफ्नै लोकप्रिय गीतको शब्दबाट उक्त रेस्टुराँको नाम जुराएका हुन् ।