पूर्वाञ्चलस्तरीय खुल्ला क्षेत्रीय शारिरिक सुगठन प्रतियोगिता मिस्टर पूर्वाञ्चल- २०७१ को छैटौं संस्करण धरानमा हुने भएको छ । एलाइनेट जिम धरानले आयोजना गर्ने उक्त प्रतियोगिता चैत १३ र १४ गते हुनेछ । चैत्र १३ गते शुक्रबार प्रि-जर्जिङ राउन्डबाट ५५ किलोग्राम, ६० किलोग्राम, ६५ किलोग्राम तथा ७० किलोग्राम वजन समूह गरी चार वजन समूहबीच प्रतिस्पर्धा गराई एक समूहबाट ५/५ जना गरी चार समूहबाट २० जना छनौट गरिनेछ । चैत १४ गते शनिबार छनौट भएका २० जना खेलाडीबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।