गायक बीपी वाग्लेले आफ्नो दोस्रो एल्बम 'तलास' को 'आजभोलि...' गीतको म्युजिक भिडियो तयार पारेका छन् । रिकेश गुरुङको संगीत तथा यशराजको शब्दको उक्त गीतको म्युजिक भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् जसमा विकास लामिछाने तथा मरिक्सा पोखरेलले अभिनय गरेका छन् ।