भरतपुर रिसोर्ट गार्डेनमा उपस्थित भएकाहरूले गत शनिवार छुट्टै संगीतमा रम्ने अवसर पाए । युनाइटेड स्प्रिट्स नेपाल, काठमाडौंले आयोजना गरेको उक्त कार्यक्रमको मुख्य आकर्षण कुटुम्ब ब्यान्डका कलाकार थिए । उक्त अवसरमा कुटुम्ब ब्यान्डले १५ वटा लोक तथा आधुनिक गीतका धुनमा प्रस्तुत गरेको थियो ।