साप्ताहिक संवाददाता
प्रसन्न एन.
कार्यक्रमको नाम एउटै भएकाले त्यस्तो लागेको हुन सक्छ । शीर्षक एउटै भए पनि विषयवस्तु फरक-फरक गर्ने प्रयास गरिएको छ । अब पुराना डायलग बिस्तारै हटाएर नयाँ डायलग आउनेछन् ।
माया भन्ने चीज कस्तो लाग्छ ?
जितेन्द्र मरहठ्ठा
यो माया भन्ने चीज यस्तो भन्ने कुनै निश्चित उदाहरण छ जस्तो लाग्दैन । यो व्यक्तिअनुसार फरक पर्छ । मेरो विचार माया जीवन जिउने एउटा माध्यम हो । यही मायाले नै हाम्रो जीवन चलिरहेको छ ।
तपाईंले कहिल्यै चोर्नुभएको छ ? चोरेको कुरा भन्न मिल्छ ?
शक्तिम योंगा
अहिलेसम्म त्यस्तो ठूलो सामान चोरिएको छैन । सानोमा गाउँमा आँप, आलुबखडा र अम्बाचाहिँ चोरेर खाइन्थ्यो । कहिलेकाहीँ कुखुराको अण्डा पनि चोरेर घरमा कोही नभएको बेला पकाएर खाइन्थ्यो ।
मुन्द्रे ब्रो, कुन आँखा झिम्क्याउँदा केटी पट्याउन सजिलो हुन्छ ?
पीएल ग्रेसम
अब आँखा झिम्क्याएर केटी पट्टनिे जमाना गयो मित्र ! अब त दुवै आँखा चिम्लिनुपर्छ । कान पनि बन्द गर्नुपर्छ । जे-जे भन्छन् मान्दै जाने, उनीहरूको डिमान्ड पूरा गर्दै जाने हो भने आँखाले केही गर्नै पर्दैन ।
राजनीतिमा लाग्नुपर्यो भने कुन पार्टी रोज्नुहुन्छ ? सीधा जवाफ दिनुहोस् ।
स्यामुअल पराजुली
सकभर मेरो जवाफ सीधै हुन्छ । किनभने म मान्छे पनि सीधै छु । फेरि पनि सीधा जवाफ दिनुपर्दा म कुनै पनि पार्टीमा लाग्दिनँ । मेरो आफ्नै पार्टी छ— जिरे खुर्सानी पार्टी । राजनीतिरहित मनोरञ्जक पार्टी ।
जति अरूलाई हँसाउनुहुन्छ, प्रत्यक्ष जीवनमा त्यति आफू पनि हाँस्नुहुन्छ ?
मन्दिरा दाहाल
म जति हँसाउँछु त्यति त हाँस्दिन होला तर म पनि नहाँसीचाहिं बस्न सक्दिनँ । अरू कार्यक्रम र सहकर्मी हास्यकलाकारहरूको प्रस्तुतिमा रमाउँछु ।