साप्ताहिक संवाददाता
चैत्र ६, २०७१
१० वर्षे अवधिमा ब्यान्डका केही साथी बाहिरिए, केही भित्रिए तर ब्यान्ड निरन्तर चलिरह्यो । ब्यान्डमा अर्जुन र श्रीजनसँगै अन्य चार अनुप राई, कोमल राई, सन्तोष श्रेष्ठ र दिनेश पुन थपिएका छन् । 'ब्यान्ड सञ्चालन गर्न सबैको बराबर योगदान छ', ब्यान्डका मेन भोकलिस्ट अर्जुनले बताए । द वेभ स्थापनाकालदेखि अहिलेसम्म कुनै पनि बिट कन्टेस्टहरूमा दोस्रो भएको छैन । बिर्तामोडमा बर्सेनि आयोजना हुने बीटीएम बीट कन्टेस्टमा द वेेभले ह्याटि्रक गरेको छ । उत्कृष्ट गायनदेखि वाद्यवादनसम्मका धेरै उपाधि द वेभले आफ्नो पोल्टामा पार्ने गरेको छ ।