टेलिभिजन क्विन ओप्रा विन्फ्रेले २६ वर्ष पुरानो हार्पो स्टुडियोज यो वर्षको अन्त्य अर्थात् डिसेम्बरमा बन्द गर्ने भएकी छिन् । सिकागोस्थित उक्त स्टुडियोमा २ सय जनाले रोजगारी पाइरहेका थिए । ओप्राको यो निर्णयले ती २ सयको रोजी-रोटीमा समस्या आउने बताइएको छ । त्यहाँ कार्यरत केही कर्मचारीले भने उनकै बेस्ट हलिउड अफिसमा काम पाउनेछन् । कर्मचारीहरूले ओप्राको यो निर्णयको विरोध गरिरहेका छन् । ओप्राले केही समयअघि मात्र ३ सय २० करोडमा यो स्टुडियो बेचेकी थिइन् । ओप्रा विन्फ्रे नेटवर्कअन्तर्गतका सबै प्रोजेक्ट अब 'वेस्ट हलिउड' स्थित ओप्राकै नयाँ हेडक्वार्टरबाट सञ्चालन हुनेछन् ।