लोकगायिका देवी घर्तीले आफ्नो नयाँ गीतको म्युजिक भिडियो पोखरा पुगेर निर्माण गरेकी छिन् । पोखराकी मोडल परी असुरानी (अप्सरा) सहित आधा दर्जन कलाकारले अभिनय गरेको उक्त भिडियोमा देवी घर्ती र सन्तोष दर्पणको स्वर सुन्न सकिन्छ । 'गुलाबको फूल' गीतको उक्त भिडियोको निर्देशन अपिल त्रिपाठीले गरेका हुन् ।