पूर्वी पहाडी डान्स स्टार छनोैटको तेस्रो चरणमा विभिन्न जिल्लाका २० जना छनौट भएका छन् । पूर्वका १० जिल्लाका १५ स्थानमा सञ्चालित अडिसनबाट तेस्रो चरणमा २० जना छनोट भएका हुन् । यो प्रतियोगिता एक महिनाअघि प्रारम्भ भएको थियो । अडिसनमा भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम आदि जिल्लाका करिब २ सय जना सहभागी थिए । आइतबार सम्पन्न तेस्रो चरणमा २० जना छनौट भएपछि अब १५, १०, ५ हुँदै विजेता घोषणा गरिनेछ । यो प्रतियोगिताको उत्कृष्ट ५ देखि कलाकार दिलीप रायमाझी, मिथिला शर्मा र दिया मास्के निर्णायक रहने छन् । प्रतिस्पर्धाको फाइनल चैत ३० गते खाँदबारीमा हुनेछ ।