संखुवासभाको फ्याक्सिन्दादेखि र्याफ्टिङ सम्भव देखेपछि नुम पुगेका अमेरिकी प्रिजिक गि्रसिङ सजिलै सुनसरीको चतरा पुगे । उनले फ्याक्सिन्दादेखि र्याफ्टिङ गर्दै चतरासम्म सहजै पुग्न सकिने बताए । गि्रसिङका अनुसार अरुण नदीमा र्याफ्टिङ गर्दा नुमदेखि मनकामनासम्मको करिब ३० किलो मिटरसम्म सजिलो छ । पहाडको बाटो भए पनि त्यहाँसम्मको यात्रामा कतै भिरालो छैन । मनकामनादेखि चतरासम्म अरुण नदीको लम्बाइ १ सय २० किलोमिटर छ । सप्तकोसीका सहायक नदीमध्ये सबैभन्दा ठूलो अरुण नदीको प्रवाह क्षेत्रका केही स्थानमा मात्र चट्टान रहेको र त्यसलाई हटाइए सजिलै जेटबोटसमेत चलाउन सकिने गि्रसिङले बताए । यो रुटबाट र्याफ्टिङ गर्दा विश्वकै होचो उपत्यकाको दृश्य अवलोकन गर्दै चतरासम्म पुग्न सकिन्छ ।