फागुन २४ देखि २८ गतेसम्म नेपालगन्जमा सञ्चालित प्रधानमन्त्री कप भलिबलको दोस्रो संस्करण सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । प्रधानमन्त्री कपमा एपीएफको यो लगातार छैटौं सफलता हो । लिगको शीर्ष स्थानमा रहेको एपीएफ क्लबले फाइनलमा न्यू डायमन्ड क्लबलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो । प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी छनौट भइन् भने नेविका चौधरीले उत्कृट सर्भर तथा उषा विष्टले उत्कृष्ट ब्लकरको उपाधि प्राप्त गरिन् । उत्कृष्ट डिफेन्डर नेेपाल पुलिसकी कमला पुन चुनिइन् । न्यू डायमन्डकी ओपन स्पाइकर १३ वर्षीया प्रतिभा माली उत्कृष्ट स्पाइकर तथा कृपा अधिकारी उत्कृष्ट सेटर छनोट भए । प्रतियोगितामा नेपाल पुलिसले तेस्रो तथा पश्चिमाञ्चल (पोखरा) ले चौथो स्थान प्राप्त गर्यो ।