जगलरहरूको यस्तो पेसामा नाम, दामका साथै रमाइलो पनि छ । त्यसैले अहिलेका युवाहरू जगलर बन्न लालायित छन् । शंखमूलका २० वर्षीय टीकराज दनुवार पनि आफ्नो चाहना पूरा गर्न यतिबेला जगलरको पेशामा रमाउन थालेका छन् । दनुवार भन्छन्- एउटा राम्रो जगलर बन्न चाहन्छु ।
बोतल नचाउँदै युवापुस्ता
भुइँ तथा भित्तामा खसेर वा ठोक्किएर नफुटोस् भनेर बोतललाई स्पन्जले मोडिएको हुन्छ । बन्द कोठामा दर्जनौं युवा हात-हातमा त्यस्ता बोतल उफारिरहेका छन् । उनीहरूको सिक्ने क्रम जारी छ २२ वर्षीय तेजबहादुर पुन एउटा राम्रो जगलर बन्न चाहन्छन् । त्यसैले उनी हरेक दिन शंखमुलस्थित काठमाडौं फ्लेयर बारटेन्डिङ एकेडेमीमा बोतलसँग खेलिरहेका हुन्छन् पाटनका २१ वर्षीय कुमार थापा पनि एक महिनादेखि बेसिक बारटेन्डिङ कोर्स गरिरहेका छन् । कान्तिपुर इन्टरनेसनल कलेजमा होटल म्यानेजमेन्ट अध्ययनरत थापा अभ्यासका लागि त्यहाँ पुग्छन् । त्यहाँ अहिले अध्ययनसँगै बारटेन्डिङ सिक्नेहरूको भीड नै लाग्ने गरेको छ । अहिले प्रशस्तै युवा बारटेन्डिङ सिकिरहेका छन् । यस्ता इन्स्िटच्युटहरूमा फ्लेयर बारटेन्डिङ, मिक्सोलोजी तथा फुड एन्ड वेभरेजको बेसिक एवं डिप्लोमा कोर्सहरू अध्यापन गराइन्छ ।
फ्लेयरिङ जगलर
बारटेन्डर जसले मदिराजन्य पेयपदार्थलाई कलात्मक तरिकाले पस्किने काम गर्छ । साधारणत: उनीहरूलाई बारम्यान वा मिक्सोलोजिस्ट भनिन्छ । उनीहरू विभिन्न फ्लेवरका ककटेल बनाउन पोख्त हुन्छ । यसलाई युवापुस्ताले अध्ययनका लागि खर्च जोहो गर्न दोस्रो पेसाका रूपमा अँगाल्ने गरेका छन् । बारटेन्डरले ग्राहकको आवश्यकता उमेर हेरेर मदिरा छनौट गर्न सक्छन् ।
बारटेन्डिङका दुईवटा पाटा हुन्छन् । पहिलो फ्लेयर बारटेन्डिङ, जसमा एक्जीविसन शोम्यानसिप हुन्छ भने दोस्रो मिक्सोलोजी हो । फ्लेयरिङलाई जगलिङ पनि भनिन्छ । यस्तो काम गर्नेलाई जगलर भनिन्छ । विभिन्न पार्टीमा जगलरले आफ्नो कला प्रस्तुत गर्छन् । एउटा जगलरले फ्लेयरिङसँगै मिक्सोलोजी पनि जान्नु आवश्यक हुन्छ ।
बारटेन्डिङको सुरुवात
नेपालमा सन् २००५ बाट बारटेन्डिङको काम प्रारम्भ भएको हो । ठमेलको जेबारबाट यसको सुरुवात भएको बताइन्छ । मन्दीप ग्रेवाल तथा अश्विनी राणाले यसको सुरुवात गरेका हुन् । नेपालमा अहिले चारवटा सिकाउने बारटेन्डिङ इन्स्टिच्युट सञ्चालनमा छन् । काठमाडौं फ्लेयर बारटेन्डिङ एकेडेमी, शंखमूल, ककटेल एन्ड डि्रंक, थापागाउँ, नेपाल फ्लेयर बारटेन्डर इन्स्टिच्युट, सामाखुसी तथा एलाकार्ट होटल ट्रेनिङ बानेश्वरले बारटेन्डिङको तालिम दिने गरेका छन् । यो पेसाप्रतिको आकर्षण एवं माग अहिले नेपालका सहरहरूमा पनि बढेको मन्दीप बताउँछन् ।
मुख्यत: विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले बारटेन्डिङको तालिम लिने गरेका छन् । विदेशमा नेपाली विद्यार्थीले सामान्यत: वेटर, कार वासिङ तथा पेट्रोलपम्पमा काम पाउँछन्, तर बारटेन्डरको काम गर्न पाए । राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ उनीहरूको आकर्षण बढेको हो । युरोपियन देशमा यस्ता बारटेन्डरहरू प्राथमिकतामा पर्छन् ।
मन्दीप ग्रेवाल
काठमाडौं फ्लेयर बारटेन्डिङ एकेडेमी
बारटेन्डिङ के हो ?
यो मदिरा पस्किने कला हो । यसमा मिक्सोलोजी फ्लेयर बारटेन्डिङ पर्छ । फ्लेयर प्रदर्शन गर्ने मानिसलाई जगलर भनिन्छ
यो पेसामा किन युवापुस्ताको चाहना बढेको हो ?
यो अहिलेको फेसन पनि हो यसले अरूको ध्यान आफूतिर खिच्न मदत गर्छ सबैले चिन्छन् लोकप्रियता पनि कमाउन सकिन्छ
यसको महत्व ?
नाम, दाम रमाइलो एकैपटक प्राप्त हुने भएकाले यसको महत्त्व बढेको छ मुख्यत: अध्ययनका लागि विदेश जाने विद्यार्थीले आयस्रोतका लागि यसलाई रोज्ने गरेका छन्