अमेरिकी नायिका जेसिका अल्बा टेक्सासमा आयोजित म्युजिक, फिल्म एन्ड इन्ट्रेक्टिभ फेस्टिभलमा नयाँ हेयरस्टाइलका साथ देखा परिन् । जेसिकाको उक्त हेयरस्टाइललाई 'बब हेयरस्टाइल' भनिन्छ । सिल्क ब्लेजर तथा ह्वाइट लेयर टपमा फरक लुक्समा देखिएकी जेसिकालाई उक्त शोमा देख्ने कतिपयले चिन्न सकेनन् । उनको फरक लुक्स प्रशंसनीय पनि मानिएको थियो । फेस्टिभलका दौरान जेसिकाले आफ्नो गुड्स र्फम द अनेस्ट कम्पनीका बारेमा बताउँदै गत वर्ष १५ करोड डलरको कारोबार गरेको दाबी गरिन् । जेसिकाले सन् २०११ मै उक्त कम्पनी स्थापना गरेकी थिइन् । यसले नन टक्सिस तथा इको फ्रेन्ड्ली प्रोडक्ट उत्पादन गर्छ ।