हाल काठमाडौं उपत्यकाका तीन नाटकघरमा हरेक दिन नाटक मञ्चन भैरहेको छ । हरेक साँझ ५:१५ मा मञ्चन हुने तीन नाटकमध्ये कालिकास्थानस्थित सर्वनाम थियटरमा राज शाहको निर्देशन रहेको नाटक 'जिम्दा सपना' एक हो भने सर्वनाममा आबद्ध रंगकर्मी राम केएसीको निर्देशनमा सुन्धारास्थित काठमाडौं मलको सबैभन्दा माथिल्लो तलामा रहेको नाटकघर थियटर मलमा नाटक 'सम्बोधी' मञ्चन भैरहेको छ । यसैगरी चर्चित चलचित्र अभिनेता एवं नाट्यकर्मी दयाहाङ् राईको निर्देशनमा अनामनगरस्थित मण्डला नाटकघरमा नाटक 'जिरो जिरो जेड' मञ्चन भैरहेको छ ।