चर्चित गायिका बियोन्से आफ्ना बारेमा मात्र सोच्दिनन्, आफूलाई सहयोग गर्ने साथीभाइ एवं शुभचिन्तकहरूका बारेमा पनि चासो राख्छिन् । आफूभन्दा कान्छी गायिका टिफानीको स्वास्थ्य लाभका निम्ति उनले गरिरहेको कार्यले पनि त्यसलाई पुष्टि गरेको छ । टिफानी हाल क्यान्सरविरुद्धको लडाइँमा छिन् । बियोन्सेले क्यान्सर पीडित टिफानीप्रति सहानुभूति जाहेर गर्दै उनलाई आर्थिक सहयोग गरेकी छिन् । टिफानीको स्वास्थ्य लाभको कामना गर्दै उनलाई मोबाइल म्यासेज पनि पठाइन् । पछिल्ला दिनमा बियोन्से टिफानीको स्वास्थ्यस्थितिका सम्बन्धमा सोसल साइटमा लगातार अपडेट गर्दै आएकी छिन् ।