हास्यकलाकार तथा गायक रतन सुवेदीले सांगीतिक क्ष्ाेत्रमा पुनरागमन गरेका छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका यी कलाकार विगत केही महिनादेखि स्वदेशमै संगीत सिर्जनामा व्यस्त छन् । रतनको स्वरको नयाँ गीत 'तिमी पनि झ्याप, म पनि झ्याप' गीतको म्युजिक भिडियो यूट्युबमा अपलोड भएको केही दिनमै हजारौं भ्युअर्सले हेरिसकेका छन् । दिनेश डीसीको निर्देशनमा तयार भएको यो भिडियोमा सुवेदीलाई कलाकार निरु खड्का र माधव पण्डितले साथ दिएका छन् ।