दुई भिन्न रोगबाट पीडित गायिका तारा थापा तथा संगीतकार शुक गुरुङलाई गायक गम्बु शेर्पाको नेतृत्वको नेपाल अमेरिकन कलाकार संघले नगद ५ लाख ९५ हजार रुपैयाँ प्रदान गरेको छ । क्यान्सर रोगसँग लडिरहेकी गायिका थापा तथा मृगौला रोगबाट पीडित गुरुङलाई आइतबार काठमाडौंमा आयोजित एक समारोहमा अमेरिकामा सम्पन्न सांगीतिक कार्यक्रमबाट संकलित रकम प्रदान गरिएको हो । समारोहमा गायिका थापालाई २ लाख ३८ हजार रुपैयाँ तथा संगीतकार गुरुङलाई ३ लाख ५७ हजार रुपैयाँ प्रदान गरिने बताइन्छ ।