नयाँ वर्ष २०७२ को अवसर पारेर संगीतकार टीका भण्डारीले एउटै समारोहमा आफ्नै संगीत निर्देशनका गीतहरूको ९ वटा एल्बम सार्वजनिक गर्ने भएका छन् । आगामी वैशाख ५ गते मण्डला थिएटरमा आयोजना गरिने सांगीतिक समारोहमा 'मायाको शहर', 'देश', 'इतिहास', 'समय-२', 'बेस्ट अफ टिका भण्डारी', 'स्वर संगीत', 'यो माया', 'नेपाल जात्रा -प्यारोडी)' तथा 'रोजाइ' सार्वजनिक गरिन लागेको हो ।