फेसन डिजाइनर सीमा तोदीले डिजाइन गरेका पहिरनहरूको प्रदर्शनी 'सीमाज् क्रिएसन फेसन शो- २०१५' गत शनिबार धरानमा सम्पन्न भएको छ । उक्त फेशन शोमा धरानका १४ जना मोडल र्याम्पमा उत्रिएका थिए । उक्त अवसरमा लेहेङ्गा, साडी तथा कुर्ता गरी तीनवटा सिक्वेन्समा पहिरन प्रदर्शन गरिएको थियो ।