साप्ताहिक संवाददाता
मनोज गजुरेल, हास्यकलाकार
मेरो कर्मक्षेत्र भनेको गायन र सञ्चार हो । यी दुवै क्षेत्रले कहिलेकाहीं एउटै अप्ठ्यारो सिर्जना गरिदिन्छन् । भन्न मिल्छ होला नि, कुरा त्यही आर्थिकमा गएर जोडिन्छ । कहिले त हदैसम्मको कम्प्रोमाइज गर्नुपर्छ भन्या ।
योजना पुरी, गायिका
सुरुमा क्यामेरा फेस गर्दा हल्का नर्भस हुन्छु, एकसट लिए पछि फेरि 'बालै भएन' वातावरण तातिहाल्छ, चरित्रलाई न्याय गर्ने गरी अभिनय गर्न सक्नु सधैं चुनौती नै हुन्छ । यो फिल्डमा लागेपछि झुटो बोलिरहनुपर्छ, त्यो पनि गार्है लाग्छ ।
किरण थापा, कलाकार
बरु क्यामेरामा अभिनय गर्न सजिलो हुन्छ, तर वास्तविक जीवनमा शो-अप गर्न धेरै गार्हो छ । बाहिरबाट जे चीज पनि सजिलो मानिन्छ, तर इमान्दारीपूर्वक भन्नुपर्दा हरेक क्षेत्रमा उत्तिकै अप्ठ्यारा छन् ।
ममता प्रधान, नायिका
आफू परियो हास्यकलाकार, त्यसैले कमेडी गर्न सार्है गार्हो काम हो जस्तो लाग्छ । हेर्दा सजिलो लाग्छ तर हँसाउनु धेरै गार्हो काम हो ।
सुमनज्योति न्यौपाने, हास्यकलाकार
चलचित्र निर्माण गर्न जति सहज हुन्छ, चलाउन उत्तिकै गार्हो छ ।
सम्झना उप्रेती रौनियार, निर्देशक
सांगीतिक क्षेत्रमा समयको ठेगान नै नहुने कुराले चाहिँ केही अप्ठ्यारोमा पारेको छ । कहिलेकाहीं त बेलुका ५ बजे बल्ल लन्चका लागि समय पाइन्छ ।
रजिना रिमाल, गायिका
खासै गार्हो त केही पनि लाग्दैन । मेरो काम राम्रो नहोला तर जे पनि गर्न सक्छु भन्ने बलियो आत्मविश्वास छ । मलाई अप्ठ्यारो लागेको कामचाहिँ नाटक हो । हरेक दिन प्रत्यक्ष रूपमा नाटकको कलाकारका रूपमा अभिनय गर्न साँच्चै गार्हो काम हो । कहिलेकाहीं त्यस्तै दर्शकहरू आइदिनुभयो भने त कन्सन्टे्रसन नै भंग हुन्छ । मैले मण्डलामा केही अघि एउटा नाटकमा अभिनय गरेको थिएँ, त्यसपछि गार्हो लागेर गरेकी छैन ।
आयुशा राई, नायिका/मोडल