हलिउड नायिका जेनिफर लोपेजले आफ्ना ७ वर्षका जुम्ल्याहा सन्तान म्याक्स र एमीबाट अधिकतम सन्तुष्ट भएको बताएकी छिन् । जेनिफरका अनुसार आफुले नभन्दै आमा जेनिफरको कुन चलचित्र रिलिज हुँदैछ भन्ने उनीहरूले बुझिसकेका हुन्छन् । यहाँसम्म कि रिलिज डेट र उक्त चलचित्रका गीतका बारेमा समेत उनीहरू जानकार हुन्छन् । आमा नभएको अवस्थामा चलचित्रको टे्रलर हेरेर सबै जानकारी लिने ती जुम्ल्याहा सन्तान बताउँछन् । ७ वर्षका भएपनि स्मार्ट यी सन्तान सोसल मिडियासँग समेत जोडिइसकेका छन् । उनीहरू जेनिफरको इन्स्टाग्राम अकाउन्ट खोलेर उनका तस्विर हेर्छन् । आमाका हरेक क्रियाकलापमा चासो राख्ने यि सन्तानको अचम्म लाग्दो स्मार्टनेस देखेर जेनिफर आफैं छक्क पर्छिन् । जेनिफर अभिनित चलचित्र 'होम' २७ मार्चमा रिलिज भएको छ, जसमा उनले आमाको भूमिकामा निर्वाह गरेकी छिन् । यो चलचित्रलाई टिम जोन्सनले निर्देशन गरेका हुन् । नर्भस मुर
हलिउड अभिनेत्री जुलियन मुरका अनुसार रेड कार्पेटमा आउनुपूर्व उनी सधैं अत्यधिक प्रेसर महसुस गर्छिन् । उनको नर्भसनेस यति बढ्छ कि त्यतिबेला उनी खानपिनसमेत गर्न रुचाउँदिनन् । सामान्यत: मानिसहरू स्टे्रसको समयमा बढी खाइरहेका हुन्छन्, तर जुलियन ठीक विपरीत देखिएकी छिन् । जुलियन दाबी गर्छिन्- स्टे्रसमा धेरै खानेहरूले आफैंलाई धोका दिँदै आएका छन्, अर्थात् आफ्नो स्वास्थ्य बिगारिरहेका छन् ।' जुलियन आफू 'स्टे्रस-इटर' नभएको बताउँछिन् । नर्भस भएका बेला खाना नखाँदा तौल घट्ने भएकाले पनि आफूले यो नीति अख्तियार गरेको जुलियनको भनाइ छ । यद्यपि सामान्य मुद्रामा भएका बेला भने आफू जमेर खानपिनमा सरिक हुने जुलियनले बताइन् ।