यो गीतभन्दा अघि पनि व्यस्त नै थिएँ । यो गीतले मेरो पहिचानलाई स्थापित गर्न थप सहयोग गर्यो ।
अर्जुन पोखरेल नाम गरेका अरू पनि केही व्यक्ति छन्, नाम जुध्दा अप्ठेरो परेको छैन ?
यही नाम गरेका एक जना भिजुअल सम्पादक, एक जना चलचित्र निर्माण नियन्त्रक पनि रहेछन् । नाम जुध्दा कहिलेकाहीं रमाइलो पनि हुँदो रहेछ ।
जस्तो कि ?
अर्जुन पोखरेल भनेर निकै फोन आउँछ । एकपटक त एउटी महिलाको फोन आयो र उनी मसँग जिस्केर कुरा गर्न थालिन् । अनि मैले 'तपाईंले खोजेको अर्जुन पोखरेल म होइन, म त संगीतकार अर्जुन पोखरेल परेँ' भनेपछि उनले अत्तालिएर फोन राखिन् । उनले कुन अर्जुन पोखरेललाई खोजेकी थिइन् ? थाहा भएन ।
अहिले केमा व्यस्त ?
सातवटा चलचित्र र एक दर्जनभन्दा बढी म्युजिक एल्बमको काम गरिरहेको छु ।
स्वरका धनी पाँच गायक रोज्नुपर्दा ?
राजेशपायल राई, स्वरूपराज आचार्य, सुगम पोखरेल, प्रमोद खरेल र शिव परियार ।
अनि गायिका ?
अञ्जु पन्त, संगीता राना, दुर्गा खरेल, आस्था राउत र रजिना रिमाल ।
तीन संगीतकार, जसको संगीत मन पर्छ ?
शम्भुजित बाँस्कोटा, महेश खड्का र सुरेश अधिकारी ।
रूप र स्वर दुवैमा राम्री ?
इन्दिरा जोशी ।
सेक्सी लाग्ने तीन नायिका ?
रेखा थापा, प्रियंका कार्की र निशा अधिकारी ।
कुन गायक वा गायिकालाई आफ्नो संगीतमा गाउन दिने इच्छा छ ?
नेपालका प्राय: चलेका सबैलाई गीत गाउन लगाइसकेँ । अब गाउन दिने नै हो भने सकिरालाई पो दिने हो कि ?
नेपाली गीतसंगीतको बजार घट्नुको कारण ?
स्वदेशीभन्दा विदेशीहरूप्रतिको बढी लगाव ।
विवाह भएको छ ?
छैन, कसले पत्याउने र म जस्तो 'गाना-बजाना' गर्नेलाई ?
अहिलेको व्यस्त संगीतकारलाई प्रेमप्रस्ताव त आउँछ नै होला ?
हो, अहिलेचाहिँ आउन थालेको छ, बरु तपाईंलाई चाहिँ कसरी थाहा भयो ?
उसो भए 'लभ म्यारिज’ गर्ने दाउ छ ?
लभ र एरेन्जलाई मिसाएर 'लरेन्ज म्यारिज' गर्नुपर्ला ।
कहिले भित्र्याउने त दुलही ?
०७२ सालमै तपाईंहरूलाई भोज ख्वाउने योजना बनाइरहेको छु ।