बलिउड अभिनेता गोविन्दाले डान्स रियालिटी शो 'डिआइडी सुपर मम्स' निर्णायकका निम्ति तयार भएको बताएका छन् । गोविन्दाले १४ वर्षपछि टेलिभिजन शोमा कमब्याक गरेका हुन् । गत साता मुम्बईको जेडब्लु म्यारिओट होटलमा डिआइडी सुपर मम्सको नयाँ संस्करणमा गोविन्दा निणर्ायक रहने कुरा सार्वजनिक गरिएको थियो । गोविन्दा तथा कोरियोग्राफर गीता कपुरले डिआइडी सुपर मम्स सिजन टुको उद्घाटन गरेका थिए । सुपरमम्सको दोस्रो सिजनका लागि गोविन्दाका अतिरिक्त गीता कपुर तथा टेरिन्स लुइस निणर्ायकको भूमिकामा रहनेछन् । हालै चलचित्र किलदिलमा अभिनय गरेका गोविन्दाले सन् २००१ मा क्विज शो 'जितो छप्पर फाड के' सञ्चालन गरेका थिए । यद्यपि उक्त शो सुपरफ्लप भएको थियो । उत्कृष्ट डान्सर हिरोको इमेज बनाएका गोविन्दाले सुपर मम्सलाई सफल बनाउन पर्याप्त मेहनत गर्ने बताएका छन् । कारण टेलर स्वफ्ट
बि्रटिस अभिनेता आर्लेन्डो ब्लुमले न्युयोर्कस्थित ५५ लाख डलरको अपार्टमेन्ट बिक्री गरेका छन् । ब्लुमले यो अपार्टमेन्ट बेच्नुको मुख्य कारण गायिका टेलर स्वीफ्ट भएको बताइएको छ । ब्लकबस्टर हिट गीतिसंग्रहका कारण लोकप्रिय टेलर पछिल्लो समयमा ब्लुमकी छिमेकी बनेकी थिइन् । टेलर त्यहाँ बस्न थालेपछि उनको आसपासमा घुमिरहने फोटोग्राफर तथा प्रशंसकहरूको डरलाग्दो उपस्थितिका कारण अभिनेता ब्लुमले आफू त्यहाँ बस्न उपयुक्त नमानेको बताइन्छ ।