संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संगीतकार शम्भुजित बाँस्कोटालाई गत बुधबार नारायणी कला मन्दिरले सम्मान गरेको छ । डबली यात्राका क्रममा चितवन आएका बाँस्कोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गायन तथा वाद्यवादनका प्रशिक्षार्थीलाइ प्रमाण पत्र वितरणका क्रममा कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बाँस्कोटालाई सम्मान गरिएको कला मन्दिरले जनाएको छ ।