विश्वकर्मा थरकी महिलासँग विवाह गरेपछि उनका आफन्तले अछूतसँग विवाह गरेको भन्दै उनको जिउँदै किरिया गरेर पानी काढेका थिए । त्यसपछि गाउँ छाडेर झापाको बिर्तामोड बजारमा बस्दै आएका खवास त्यही बेलादेखि अपमानलाई सम्मानमा बदल्न निरन्तर वातावरण संरक्षणमा लागिरहे । खवासले साप्ताहिकसँग भने- 'पहिले अपमान गर्नेहरू पनि अहिले सम्मान गर्न थालेका छन्, समाज बदल्न सकिँदो रहेछ ।' खवासले वातावरण संरक्षण गरौं भन्ने सन्देश दिँदै नेपालका ७५ वटै जिल्लाको भ्रमण गरिसकेका छन् । सडकलाई फोहोरमैला फ्याँक्ने टोकरी नबनाऔं । वन जंगलको संरक्षण गरौं, वातावरण स्वच्छ राखी, आफू बचौं, अरूलाई बचाऔं, लागूऔषध सेवन नगरौं आदि विभिन्न नारा लेखिएको हरियो पर्चा बाँड्दै खवास देश भ्रमण गर्छन् । हरियो सर्ट, पिठ्यँूमा नेपाली झन्डा बोकी साइकल चढेर उनले ७५ जिल्लाका ७ हजार १ सय २५ वटा विद्यालय पुगेर विद्यार्थीहरूलाई वातावरण जोगाउन आग्रह गर्दै अन्तरक्रिया पनि गरिसकेका छन् ।
त्यसपछि अपमानलाई सम्मानमा बदल्न वातावरण जोगाउने अभियान लिएर हिँड्दा उनलाई मानिसहरूले पागलको संज्ञा दिए, तर काग कराउँदै जान्छ पिना सुक्दै गर्छ भन्ने सम्झेर आफ्नो अभियानमा निरन्तर लागिपरेका अभियन्ता खबासलाई पहिले गाली गर्नेहरू नै समाजका लागि अनुकरणीय काम गर्दै हिँडेको भन्न थालेका छन् ।