साप्ताहिक संवाददाता
- जोन थापा
देश विकासमा जोड दिनुपर्छ । राज्यका प्राथमिकतालाई ध्यानमा राख्ने हो भने सहमति हुन्छ ।
- गणेश श्रेष्ठ
आपसि सहमति र सहकार्यको विकल्प छैन । विवादित विषयहरूप्रति मध्यमार्गी सहमति गर्नुपर्छ । नेताहरूले आफू अनुकुल होइन, राष्ट्रको हितमा सोच्नुपर्यो । व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्यो ।
- प्रबलश्री न्यौपाने
माओवादी र मधेसवादी दलको कुरा सम्बोधन हुनुपर्छ ।
- धर्मेन्द्र कुशवाहा
पुरानै सोच, पुरानै अडान भएका नेताहरूलाई हटाएर नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्छ ।
- डिप्लभ
नेताको हैसियतले होइन, आमजनताको हैसियतले सोचे मात्र संविधान बन्ने हो । साना पार्टी, ठूला पार्टी भनेर झगडा गर्नु हुँदैन ।
- मोहम्मद तमन्ना
फेरि म्याद बढाउनुपर्ला ।
- भुवन धामी
नेताहरूले जे गर्नु थियो गरिसके । अब हामीले उनीहरूविरुद्ध कारबाही गर्नुपर्छ ।
- सुमन याक्खा
यो नेताहरूबीच मीत लगाइदिनुपर्छ, अनि संविधान बन्छ ।
- हिमाकुमारी खड्का
यसमा जनताको गल्ती छ । यी नेतालाई भोट नदिए हुन्छ नि । जनताले बारम्बार गल्ति गरिरहेका छन् ।
- निरन्जन महतरा
आफ्ना पार्टीहरूका मुद्दाभन्दा देशका मुद्दाले प्राथमिकता पाउनुपर्यो ।
- अमन
अहिले अरूले जे गरिरहेका छन्, त्यो गर्नु भएन । म ठीक अरू सबै गलत भन्ने पाराले संविधान बन्दैन ।
- नवीन
दलहरूले नेता फेर्नुपर्छ । नेताहरूले दल घटाएर दुइवटा मा सीमित गर्नुपर्छ, अनि मात्र संविधान बन्छ ।
- निश्चित
पुरानो शैली बिर्सेर नयाँ विचारलाई साथ दिनुपर्छ ।
- रामचन्द्र तामाङ
आपसी समझदारी गरेर संविधान बनाउन अघि बढ्नुपर्छ ।
- सायरा श्रेष्ठ
आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठेर देश र जनताका बारेमा सोच्नुपर्छ । किनभने जबसम्म सोचमा परिवर्तन हुँदैन तबसम्म देशमा परिवर्तन आउनेवाला छैन ।
- भीम गौतम