गत साता भारतको बैंगलोरमा प्रस्तुति दिएर फर्किएको लोक रक ब्यान्ड नेपथ्यले गत शनिबार देशभरका मेडिकल कलेजका विद्यार्थीहरूद्वारा नेपालगन्ज मेडिकल कलेजको १८ औं वाषिर्कोत्सवअन्तर्गत आयोजना गरिएको रिदम-०१५ शीर्षकको कार्यक्रममा आफूलाई प्रस्तुत गर्यो । स कणर्ाली..सँगै सुरु भएको नेपथ्यको प्रस्तुतिमा नझुम्ने कमै थिए । गीत-संगीतमा जादुई शक्ति हुन्छ । त्यसैले चिकित्सा क्षेत्रको सुधारका लागि सत्याग्रही शैलीमा अनशन बसेका, डा. गोविन्द केसीको समर्थनमा गायक गुरुङले दर्शकहरूलाई जोस्याए । 'एउटा मान्छे प्रति म जहिल्यै नतमस्तक छु,' गायक अमृत गुरुङले- म उहाँलाई नमन गर्छु । त्यो महान् विचारको सबैले सम्मान गरौं भन्दै 'गाउँगाउँ बाट उठ, बस्ती-बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ...' गाएर डा. केसीप्रति सम्मान व्यक्त गरे । नेपथ्यले दुईघण्टे लाइभ कन्सर्टमा 'चरी मर्यो सिसैको गोलीले, जीवन हो घाम छाया दुवै हुन्छ, आकाशैबाट के उडि आयो भेडाको उनजस्तै, छेक्यो-छेक्यो देउराली डाडा..' आदि आफ्ना सदाबहार गीत प्रस्तुत गरेका थिए ।