साप्ताहिक संवाददाता
कलाकार : श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का आदि ।
प्रदर्शनमिति : साउन २३ गते
नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि यो चलचित्र ऐतिहासिक व्यवसाय गर्दै नेपाली चलचित्रको इतिहासमै सर्वाधिक सफल अर्थात् 'ब्लकबस्टर' चलचित्र सावित भयो । चेलीबेटी बेचबिखनसम्बन्धी विषय उठान गरिएको यो चलचित्रलाई मुम्बईमा समेत छायांकन गरिएको थियो ।
जेरी
निर्देशक : हेमराज बिसी
कलाकार : अनमोल केसी, अन्ना शर्मा आदि ।
प्रदर्शनमिति : कात्तिक २८ गते
युवापुस्ताको कलकलाउँदो प्रेमकथामा निर्माण भएको चलचित्र जेरी नायक भुवन केसीका सुपुत्र अनमोल केसीको दोस्रो सफल चलचित्र बन्न सफल भयो । मुस्ताङ, जोमसोमको आकर्षक दृश्य एवं सरल प्रस्तुतिका कारण युवा दर्शकहरूले यो चलचित्रलाई औधी रुचाए ।
कबड्डी
निर्देशक : रामबाबु गुरुङ
कलाकार : दयाहाङ राई, निश्चल बस्नेत, रिस्मा गुरुङ आदि ।
प्रदर्शन मिति : वैशाख १२ गते
मुस्ताङकै सुन्दर दृश्यहरूमा खिचिएको थकाली समाजको एउटा बेग्लै किसिमको कथा उठान गरिएको हास्यप्रधान सामाजिक चलचित्र कबड्डीलाई दर्शकहरूले निकै मनपराए । यो चलचित्रमा मामाका छोरा-छोरीको फुपुका छोरा-छोरीसँग विवाह गर्न हक लाग्ने चलनलाई प्रस्तुत गरिएको छ ।
नोभेम्बर रेन
निर्देशक : दिनेश राउत
कलाकार : आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ आदि ।
प्रदर्शनमिति : वैशाख १२ गते
त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा विशेष गरी नवनायिका छुल्ठिम गुरुङको अभिनय तथा गेटअपको धेरैले प्रसंसा गरे । यसका गीतहरू पनि रुचाइए । आर्यन र नम्रताको रिललाइफ जोडी पनि सबैलाई मनपर्यो ।
हिम्मतवाली
निर्देशक : रेखा थापा
कलाकार : रेखा थापा, सुदर्शन गौतम, अभय चन्द आदि ।
प्रदर्शन मिति : असोज १५ गते
चर्चित नायिका रेखा थापाको निर्देशन एवं उनकै मुख्य भूमिका रहेको यो चलचित्रमा दुवै हात नभएका सुदर्शन गौतम नायक थिए । रेखा थापाको चर्चा तथा उनका प्रशंसकहरूका कारण चलचित्र हिम्मतवालीले आफ्नो लगानी सुरक्षित गर्न सक्यो ।
लज्जा
निर्देशक : नवल नेपाल
कलाकार : आर्यन सिग्देल, शिल्पा पोखरेल आदि ।
प्रदर्शन मिति : असोज १५ गते
विगत २५ वर्षदेखि एकपछि अर्को सफलताको स्वाद चाख्दै आएका निर्माता छविराज ओझाको चलचित्र लज्जाले उनलाई यसपटक पनि निराश बनाएन । ओझाको पछिल्लो खोज नायिका शिल्पा पोखरेलको अभिनय धेरैले मनपराए । निर्देशक नवल नेपाल सामाजिक प्रेमकथामा चलचित्र बनाउन फेरी एकपटक सफल भए ।
टलकजङभर्सेज टुल्के
निर्देशक : निश्चल बस्नेत
कलाकार : खगेन्द्र लामिछाने, ऋचा शर्मा आदि ।
प्रदर्शन मिति : कात्तिक १४ गते
माओवादी द्वन्द्वकालको पृष्ठभूमिमा हुर्किएको एउटा पात्रको क्रियाकलापमा बनाइएको 'डार्क कमेडी' श्रेणीको यो चलचित्रबाट 'लुट'बाट उदाएका निर्देशक निश्चल बस्नेतले आफ्नो निर्देशकीय क्षमता फेरी एकपटक प्रमाणित गरे । यो चलचित्र निर्माताको लगानी जोगाउन सफल भयो ।
भूलभुलैया
निर्देशक : योगेश घिमिरे
कलाकार : जीवन लुइँटेल, नीता ढुंगाना, सोहित मानन्धर आदि ।
प्रदर्शन मिति : चैत १३ गते
नायक जीवन लुइँटेल र नीता ढुंगानाको जोडीले यसअघि योगेश घिमिरेकै निर्देशनमा सफल चलचित्र 'नोटबुक' दिइसकेका छन् । योगेशले यसपटक पनि 'नोटबुक'मा झैं प्रेमकथामा हिटगीतहरूको सम्मिश्रण गरेर यो चलचित्रको लगानी सुरक्षित गरे ।
पुनर्जन्म
निर्देशक : साजन श्रेष्ठ
कलाकार : आर्यन सिग्देल, गजित विष्ट, केकी अधिकारी आदि ।
प्रदर्शन मिति : फागुन २२ गते
मृत्यु भैसकेको व्यक्ति फर्केर आउने अन्धविश्वासमा आधारित चलचित्र 'पुनर्जन्म'मा नायकद्वय आर्यन सिग्देल र गजित विष्टले निकै राम्रो अभिनय गरेका छन् ।
बिर्खेलाई चिन्छस्
निर्देशक : अराज केशव
कलाकार : सुवास थापा, आयुषा राई आदि ।
प्रदर्शन मिति : भदौ २० गते
नायक सुवास थापाले आफ्नै लगानीमा शीर्ष पात्रका रूपमा अभिनय गरेको यो चलचित्र गायक तथा विगतमा केही चलचित्रमा सहायक निर्देशक भै काम गरेका अराज केशवको पहिलो चलचित्र थियो । आफ्नो नाम स्थापित गर्न संघर्षरत युवकको कथा बोकेको चलचित्र बिर्खेलाई चिन्छस्ले लगानी सुरिक्षित गरेर निर्माता थापालाई राहत प्रदान गर्यो ।