साप्ताहिक संवाददाता
'पढेको कुरालाई व्यावहारिक जीवनमा उपयोग गर्नुपर्छ ।' यही मान्यतालाई आत्मसात गरेको ओमेगाले विश्व बजारको मागअनुसार युग सुहाउँदो शिक्षा प्रदान गरिरहेको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइका साथमा खेल, कला, साहित्य, प्रविधि, मनोरञ्जनजस्ता अतिरिक्त गतिविधिमा पनि उत्तिकै जोड दिँदै आएको छ । यस विद्यालयको अर्को आकर्षण हो, परिवारमैत्री वातावरण । उच्च पूर्वाधारयुक्त विद्यालयका कक्षाकोठामा प्रवेश गरेदेखि नै विद्यार्थीले परिवारमैत्री वातावरण अनुभव गर्न सक्छन् । विद्यार्थीको मनोविज्ञानअनुसार उपयुक्त शिक्षा प्रदान गर्ने ओमेगा उमाविलाई दक्ष, अनुभवि र ऊर्जाशील शिक्षकहरूको समूहले हाँकिरहेका छन् ।
विद्यार्थीले यहाँका शिक्षकबाट राम्रो अभिभावकत्व पनि अनुभव गर्न सक्छन् । यस विद्यालयले पूर्वप्राथमिक तहमा मन्टेश्वरी पद्धति अपनाएको छ, जस अनुरुप स-साना भाइबहिनीलाई खेल सामग्रीको माध्यमबाट पठन-पाठन गराइन्छ ।
पढेको कुरा सहजै ग्रहण गर्न सक्ने हिसाबले पठन विधिलाई सरल बनाइएको छ । आफूले अनुभव गरेको शिक्षा नै दिगो र जीवनोपयोगी हुन्छ भनेर विद्यार्थीलाई भ्रमण, प्रोजेक्ट वर्क, अन्तरक्रियाजस्ता गतिविधिमा महत्वका साथ सरिक गराइन्छ ।
भनिन्छ, 'सफल होइन, सक्षम बन । सफलताले तिमीलाई पच्छ्याउने छ ।' यही आदर्शलाई मूलमन्त्र मानेर सक्षम, ऊर्जावान, सिर्जनशील जनशक्ति उत्पादन गर्न यस विद्यालय सदैव कटिबद्ध छ । विद्यार्थीमा आत्माविश्वास जागृत गराई व्यक्तित्व तथा नेतृत्व विकास सम्वन्धी पनि विभिन्न कक्षाहरू दिइन्छ ।
पिताम्बर पन्त
प्रशासनिक प्रमुख
ओमेगा उमावि नै किन रोज्ने ?
गुणस्तरीय एवं व्यावहारिक शिक्षा नै विद्यालयको मुख्य आकर्षण हो । त्यसबाहेक प्राइम लोकेसन, उच्च पूर्वाधारयुक्त कक्षाकोठा, कम्प्युटर ल्याप, पुस्तकालय, यातायातजस्ता सुविधा यसका थप आकर्षण हुन् ।
विद्यालयको पठन विधि कस्तो छ ?
हामीले प्रयोगात्मक पद्धतिबाट शिक्षा प्रदान गर्दै आएका छौं, जसले विद्यार्थीलाई व्यावहारिक रूपमै सक्षम बनाउँछ । उनीहरूको रुचि, बौद्धिक क्षमताको आधारमा कस्तो पठन विधि अपनाउने भन्ने कुरा ध्यानमा राखेर सोहीअनुरूप पठन-पाठनको व्यवस्था गरिएको छ ।
विद्यार्थीका सर्वाङ्गीण विकासका लागि के-कस्ता विधि अपाउने गरिएको छ ?
अहिलेको युगमा विद्यार्थीलाई पुस्तक घोकाएर मात्र पुग्दैन । उनीहरूलाई शारीरिक र मानसिक रूपमा सक्षम, ऊर्जावान र सिर्जनशील पनि बनाउनुपर्छ । यसका निम्ति हामीले पढाइका अतिरिक्त खेलकुद, मनोरञ्जन, नृत्य, गायन जस्ता गतिविधिमा विद्यार्थीलाई सरिक गराउँदै आएका छौं ।