साप्ताहिक संवाददाता
यसैगरी हिन्दी चलचित्रका नायक आमिर खान पनि युनिसेफले सञ्चालन गरेको पोषणसम्बन्धी दुईदिने कार्यक्रमका लागि असोजमा नेपाल आइपुगे । खानले काठमाडौं र कपिलवस्तुमा आयोजित गरिएका विशेष कार्यक्रमहरूमा सहभागिता जनाए ।
हिन्दी चलचित्रका अर्का नायक शाहरूख खान एउटा व्यवसायिक कार्यक्रमका साथ फागुन २५ गते काठमाडौं ओर्लिए भने अक्षयकुमार चलचित्र बेबीको छायांकनका लागि वैशाख महिनाको अन्त्यतिर काठमाडौंमा थिए । चर्चित भारतीय चरित्र अभिनेता अनुपम खेरले यसैवर्ष भदौ ६ गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा आफ्नो प्रसिद्ध नाटक 'कुछ भी हो सकता है' प्रस्तुत गरे ।
यसबाहेक बलिउडका अभिनेत्रीहरू सन्नी लियोन, युक्ता मुखी, मुग्धा गोड्से, इशा देवल, रबिना टण्डन, सुस्मिता सेन, जरिन खान, सयाली भगत पनि काठमाडौंमा देखापरे । जसमध्ये सन्नी लियोन वर्षको प्रारम्भमै आयोजित एक कार्यक्रममा सहभागी हुन काठमाडौंमा थिइन् भने युक्ता मुखी एउटा व्यवसायिक कार्यक्रमका लागि वैशाख १२ गते काठमाडौंमा उपस्थित भएकी थिइन् ।
चलचित्र डेन्जरस फेसबुकको सुटिङका लागि मुग्धा गोड्ेसे काठमाडौंआइन् भने ईशा देवल एमटीभी रोडिजको छायांकनका लागि पोखरामा देखा परिन् । यसैगरी दक्षिण भारतीय चलचित्र छयाकंनका क्रममा अभिनेता राहुल देव पनि काठमाडौंमा आइपुगेका थिए ।
यसैगरी बलिउडका दुई पुराना अभिनेत्री रबिना टण्डन र सुस्मिता सेन गहनासम्बन्धी फेसन शोका लागि काठमाडौं आए । काठमाडौंमा रहँदा रबिना टण्डनले कात्तिक १९ गते याक एन्ड यति होटलमा आयोजित द ज्वेलरी शो-२०१४ मा तथा सुस्मिता सेनले कात्तिक २८ र २९ गते होटल अन्नपूर्णमा आयोजित ज्वेलरी शो-२०१४ मा सहभागिता जनाए ।
सोल्टी होटलमा आयोजित बलिउडका प्रसिद्ध फेसन डिजाइनर विशाल कपुरको एकल सिर्जना समेटिएको ग्यालेक्सी अफ स्टार्समा सहभागिता जनाउन जरिन खान काठमाडौंमा उपस्थित भइन् भने अर्की अभिनेत्री सयाली भगत हयात रिजेन्सीमा आयोजित स्टाइल मन्त्र-२०१५ मा सहभागिता जनाउन माघको पहिलो शनिबार काठमाडौंमा थिइन् । यसबाहेक हयात रिजेन्सीमै सम्पन्नब्रान्ड फेस्ट नेपाल-२०१४को उद्घोषिकाका रूपमा बलिउड अभिनेत्री नेहा धुपिया साउन २३ गते काठमाडौंमा देखापरिन् ।
यसबाहेक यो वर्ष घुम्ने उद्देश्यका साथ थुप्रै बलिउड स्टारनेपालमा देखा परे, जसमा अग्रणी रहिन्— अभिनेत्री गुल पनाग । उनी एभरेस्ट बेस क्याम्प ट्रेकिङका लागि नेपालमा थिइन् भने अभिनेता जितेन्द्र आफ्नी पत्नी शोभा कपुरसहित काठमाडौंमा देखापरेका थिए । यसैगरी अन्तिम समयमा रद्द भएको पर्पल फेस्टका लागि भारतका चर्चित कमेडियन कपिल शर्मा पनि काठमाडौंमा झुल्किए ।
र अन्त्यमा चर्चा सौरभी देव बर्माको, इन्डियन आइडलको चौथो संस्करणकी प्रतिस्पर्धी सौरभीले यसैवर्ष हात्तीसारस्थित द सोसाइटीमा केही सीमित आमन्त्रितहरूमाझ आफूलाई प्रस्तुत गरेकी थिइन् ।