ब्युटी कल्चर
फेसनको यो जमानामा जो-कोही सुन्दर देखिन चाहन्छन्, जसका कारण ब्युटी पार्लरहरूको कारोबार बढिरहेको छ । यदि अफबिट करियरमा पाइला राख्न चाहने हो भने ब्युटी कल्चरसँग जोडिएको सीप आर्जन गर्न सकिन्छ । यसअन्र्तगत थेडिङ, वाक्सिङ, फेसियल, हेयर कटिङ आदि पर्छन् । यो कोर्स वैदेशिक अध्ययन एवं रोजगारीमा पनि उपलब्धिमूलक देखिन्छ ।्
फुटवेयर टेक्नोलोजी
अलि फरक क्षेत्रमा क्यारियर बनाउन चाहनेहरूका निम्ति यो राम्रो विकल्प हुनसक्छ । जुत्ताको डिजाइन गर्नेदेखि कटिङ, स्टिचिङ, लास्टिङ, पेस्टिङ जस्ता काममा दक्षता हासिल गर्न सकिन्छ । अहिलेसम्म नेपाली जुत्ताको डिजाइन परम्परागत अनुभवकै आधारमा गरिँदै आएको उद्योगीहरू बताउँछन् । काठमाडौं उपत्यकाभित्र अहिले ४० भन्दा बढी यस्ता उद्योगहरू छन् जसमा अझै पनि पर्याप्त जनशक्ति छैन । त्यसैले रोजगारीका लागि यो राम्रो क्षेत्र हो ।
ज्वेलरी डिजाइनिङ
छोटो अवधिमा हासिल गर्न सकिने कोर्स हो— ज्वेलरी डिजाइनिङ । फेसन एक्सेसरिजका रूपमा प्रयोग हुने ज्वेलरीको डिजाइन अनेकौं किसिमको हुन्छ । यसमा आफ्नो सिर्जनशीलता पनि प्रस्तुत गर्न सकिन्छ । यसअन्तर्गत ज्वेलरी मेकिङ, डिजाइनिङ, स्टोन कटिङ एन्ड इनेमलिङ, कास्टिङ, पोलिसिङ, सोइंग तथा सोल्डरिङ आदि सिक्न सकिन्छ ।
विद्युतीय सामग्री मर्मत
फुर्सदमा टेलिभिजन, कम्प्युटर, मोवाइल जस्ता विद्युतिय सामग्रीहरू रिपेयरिङ गर्ने सीप आर्जन गर्न सकिन्छ । यसका निम्ति गहन अध्ययन गरिरहनु आवश्यक छैन । त्यसको पाटपुर्जा र त्यसले गर्ने कामसम्बन्धी आधारभूत ज्ञान भए पुग्छ । ती पाटपुर्जामा आउने सम्भावित खराबी र त्यसलाई कसरी बनाउने भन्ने कुरा सिक्न सकिन्छ । यस किसिमको सीप हाम्रो दैनिक जीवनमा पनि काम लाग्छ ।
हस्पिटालिटी म्यानेजमेन्ट
हस्पिटालिटी आफैमा बृहत् विषय हो । यसअन्तर्गर्त खाना पकाउने, हाउस किपिङ, प|mन्ट डेक्स, फुड प्रोडक्सन, फुड एन्ड वेभरेज सर्भिसदेखि म्यानेमेन्टसम्मको ज्ञान समेटिएको हुन्छ । यो छोटो अवधिमा हासिल गर्न सकिने सीप हो । उच्च शिक्षामा पनि यो कोर्स गर्न सकिन्छ । यद्यपि यसैमा करियर बनाउन चाहनेहरूले फुर्सदको सदुपयोग गर्दै हस्पिटालिटी म्यानेजमेन्टको व्यवहारिक ज्ञान आर्जन गर्न सक्छन् ।
ड्राइभिङ कोर्स
ड्राइभिङसम्बन्धी सीप अहिले अपरिहार्य जस्तै भएको छ । ड्राइभिङ सिक्नुको अर्थ आफूसँग गाडी नै हुनुपर्छ भन्ने छैन । फुर्सदमा ड्राइभिङ सिक्नुपर्छ, पछि कुनै बेला त काम लागिहाल्छ । खासगरी कसरी सुरक्षित ड्राइभ गर्नेदेखि सडक अनुसासन र ट्राफिक नियमसम्मका कुरा सिक्नु राम्रो हुन्छ । त्यससँगै मोटर मेकानिकलको ज्ञान पनि आर्जन गर्न सकिन्छ । मोटर पार्ट्सका सम्वन्धमा आधारभूत जानकारी लिन तथा त्यसको प्रयोगका सम्बन्धमा जानकारी
लिन सकिन्छ ।
अप्टिसियन
आँखाको सुरक्षा एवं चस्मासम्बन्धी काम गर्ने प्राविधिक जनशक्ति हो— अप्टिसियन । एसएलसीपछिको फुर्सदमा छोटो अवधिको यो कोर्स गर्न सकिन्छ । उपभोक्ताको दृष्टिमा कस्तो समस्या छ भन्ने कुरा जाँच गरेपछि अप्थामालोजिस्टले त्यही अनुसारको लेन्स लगाउन सुझाव दिन्छन् । अतः अप्थामालोजिस्टको प्रेस्किप्सन अनुसार अप्टिसियनले लेन्स छनौट गर्छन् । त्यसलाई आवश्यक आकार दिन्छन् र प|mेममा जडान गर्छन् । सरसर्ती हेर्दा यो काम खासै कठिन छैन । यद्यपि यसका लागि एकग्रता र परिश्रम भने आवश्यक हुन्छ । स्वास्थ्यसँग जोडिएकाले यो संवेदनशील क्षेत्र पनि हो ।
कम्प्युटर कोर्स
अहिले कम्प्युटर हाम्रो जीवनसँग यसरी जोडिएको छ, जसलाई अलग गर्दा हाम्रो दैनिकी अस्तव्यस्त हुनपुग्छ । त्यसैले जोकोहीसँग कम्प्युटरको आधारभूत ज्ञान हुनैपर्छ । त्यसो त विद्यालय तहमा पनि कम्प्युटर शिक्षा प्रदान गरिन्छ । यद्यपि त्यो पर्याप्त र व्यवहारिक नहुन सक्छ । त्यसैले कम्प्युटरसम्बन्धी अरू थुप्रै कोर्स सिक्न सकिन्छ ।
फोटोग्राफी/भिडियोग्राफी
फोटोग्राफी तथा भिडियोग्राफीसम्बन्धी आधारभूत ज्ञान हासिल गर्न पनि लामो समय खर्च गरिरहनुपर्दैन । फोटोग्राफीअन्तर्गत स्टुडियो सञ्चालन, भिडियो न्युज, फोटो रिपोर्टिङ, डकुमेन्ट्री पर्छन् । कुनै पनि वस्तुको वास्तविक परिचय, ध्वनि र दृश्यसमेतलाई जीवन्त प्रस्तुत गर्ने साधनलाई भिडियोग्राफी भनिन्छ । फोटोग्राफीमा ध्वनि, पृष्ठभूमि, पि्रमियर, आफ्टर इफेक्ट, लाइट इफेक्ट, फिल्टर इफेक्ट, क्यामेरा आदि प्रोगामहरू पर्छन् । प्रत्येक दिन दुई घण्टाको तालिममा डिजिटल क्यामेरा, डेभलपर, पि्रन्ट स्टुडियो ल्याव, ध्वानी नियन्त्रक, लाइट कन्ट्रोल आदिसम्बन्धी उपलव्ध गराइन्छ ।
भाषा शिक्षा
अहिले सहरी क्षेत्रमा विभिन्न भाषाका कक्षा सञ्चालन भैरहेका छन् । फुर्सदिलो यो समयमा त्यस्ता भाषासम्बन्धी कक्षा लिन सकिन्छ । सामान्यतः १० कक्षाका विद्यार्थीहरूले अंग्रेजी लेख्न र बोल्न सिकेकै हुन्छन् । यद्यपि त्यसमा थप दक्षता हासिल गर्न सकिन्छ । यसबाहेक जापानिज, चाइनिज, कोरियन, जर्मन, प|mेन्च, स्पेनिस जस्ता विभिन्न मुलुकका राष्ट्रिय भाषा सिक्न सकिन्छ ।
संगीत प्रशिक्षण
संगीतमा रुचि भएकाहरूले यो फुर्सदिलो समयमा आफुलाई थप निखार्न सक्छन् । त्यसका लागि संगीतको विभिन्न आयमलाई बुझ्नुपर्ने हुन्छ । गायनअन्र्तगतको आधारभूत कक्षामा फिगरिङ, टाइमिङ, कट, नोटेशन, वाद्यवादनसम्बन्धी ज्ञान, स्वर, लय स्केलसम्म पर्छ । त्यस बाहेक वाद्यवादन मात्रै पनि सिक्न सकिन्छ ।
ट्राभल एन्ड टिकेटिङ
हस्पिटालिटीको विस्तारले रोजगारीको बाटो फराकिलो बनाइदिएको छ । यसैमध्येको एक हो, ट्राभल एन्ड टिकेटिङ । ट्राभल एजेन्सी, होटल, एयरलाइन्स कम्पनीमा यस किसिमको जनशक्ति आवश्यक हुन्छ । यस अन्र्तगत टुर म्यानेजर्स, प|mन्ट अफिस एक्जुकेटिभ, ग्राउन्ड स्टाफ, टिकेटिङ स्टाफ
आदि पर्छ ।