कोमल वली, गायिका/सञ्चारकर्मी
अति गार्हो प्रश्न गर्नुभयो ? मलाई आफ्नो कर्मक्षेत्रमा अप्ठ्यारो लाग्ने काम भनेको सदैव आफ्नो आवाजलाई ताजा राख्न सक्नु हो । यो मेरा निम्ति चुनौती पनि हो ।
शिव परियार, गायक
मलाई सगरमाथाबाट जम्प गर्न सजिलो लाग्छ, सातै महादेशका चुचुरोमा नेपालको झन्डा फरफराउँदा पनि सजिलै लाग्यो । अहिले सयौं महिला तथा युवासँग काम गर्दैछौं । मेरा लागि यी तमाम काममा अप्ठ्यारो केही छैन, तर हाम्रा नेताहरूले जस्तो खोक्रा भाषण दिनचाहिँ सार्है अल्छी लाग्छ, न त आफूले यो-यो गरें भनेर धाक नै देखाउन मन लाग्छ ।
माया गुरुङ, पर्वतारोही
सबै कुरा सजिलो नै लाग्छ, किनभने म ट्यालेन्ट जो छु, गार्होचाहिँ झापड खानुपर्ने दृश्यमा अभिनय गर्दा लाग्छ । अभिनयका क्रममा कहिलेकाहीं नराम्रोसँग मार खाइन्छ ।
अयुब केसी, नायक
खोइ मलाई त आफ्नो कर्मक्षेत्रमा त्यस्तो केही अप्ठ्यारो नपरेकाले हुनसक्छ, यो विषयमा कुनै आइडिया भएन ।
रन्जु ज्ञवाली, विद्यार्थी नेतृ
अभिनयमा जिरो, तर दुई-चार शब्द अंग्रेजीमा बोल्नेबित्तिकै ... म त भयंकर ठूलो अभिनेता भएँ भन्ने पाखे सोच राख्नेहरूलाई देखेर अप्ठ्यारो लाग्छ ।
अनुराग कुँवर, कलाकार
बाहिरबाट हँसिलो मुहार लगाउने अनि भित्रबाट छुरा रोप्नेजस्तो जोकर को हुन सक्छ र ? यस्तो कुरा देख्दा मलाई अप्ठ्यारो महसुस हुन्छ ।
स्मिता घिमिरे, गायिका
मन नलागेको मानिससँग पनि अँगालोमा बाँधिएर अभिनय गर्नुपर्दा अप्ठ्यारो लाग्छ, कस्तोसम्म हुन्छ भनेर भन्न पनि नमिल्ने, खुलेर काम गर्न पनि गाह्रो ।
सुष्मा लामा घलान, अभिनेत्री
मेरो कर्मक्षेत्रमा काम गर्न गाह्रो त हुँदैन, तर कहिलेकाहीं अप्ठ्यारा स्वभावका तथा विचार नमिल्ने मानिसहरूसँग काम गर्नुपर्ने बाध्यता आइपर्छ, त्यति बेलाचाहिँ केही गाह्रो हुन्छ ।
सविना कार्की, गायिका
प्रंस्तुति: विदुर खतिवडा