नयाँ वर्षको स्वागतका लागि गायक रामकृष्ण ढकाल एकल गायन कार्यक्रममा प्रस्तुत भएका छन् । न्यू इयर इभकै दिन गत सोमबार राति ललितपुरको भैंसेपाटीस्थित विनायक कोलनीमा आयोजित 'रामकृष्ण ढकाल साँझ' कार्यक्रममा उनले आफ्ना दुई दर्जनभन्दा बढी गीत गाएका हुन् । कार्यक्रममा गायक ढकाललाई गायिका रिमा गुरुङले साथ दिएकी थिइन् भने हास्य कलाकार दीपकराज गिरीले हास्य प्रस्तुति दिएका थिए ।